चितवन । एकैदिन चितवनमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालय चितवनको बुधवारको तथ्यांक अनुसार मृतक सबै १७ जना चितवन बाहिरका रहेका छन् । मृतक मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा ११ जना र पुरानो मेडिकल कलेजमा ४ जना रहेको स्वास्थ्य कार्यालय चितवनको भनाई छ ।

सो कार्यालयका अनुसार चितवनका विभिन्न अस्पतालमा अहिले २०८ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेकोे छ । जसअनुसार १७० जनाको आईसीयूमा, ३८ जनाको भेन्टिलेटरमा, ३६ जनाको एचडीयूमा र १३७ जनाको जेनरल बेडमा उपचार भइरहेको छ ।

यो सँगै चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीहरुको संख्या ३४४ जना पुगेको छ । त्यस्तै बिगत २४ घण्टामा चितवनका अस्पतालबाट ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर गएका छन् ।

तपाईको प्रतिक्रिया