महेश पाण्डे
चितवन । आज (मंगलबार) बाट रत्ननगरमा ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाइने भएको छ । रत्ननगर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिशिर पौडेलद्धारा एक सुचना प्रकासित गरि सो कुराको जानकारी दिइएको हो ।

रत्ननगर नगरपालिकाका १६ वटै वडामा रहेका ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई कोरोना बिरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाइने रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले त्यसको लागि वडा अनुसार खोप लगाउनको लागि स्वास्थ्य केन्द्र तोकिएको जानकारी पनि दिए । उनले सो खोपको लगाउन वडा अनुसार जेठ २५, २६ र २७ गते तोकिएकाले सूचना अनुसार खोप केन्द्रमा उपस्थित हुन आग्रह पनि गरे ।

पौडेलले आज (मंगलबार)बाट लगाइने खोप सो उमेर समूहको पहिलो डोज भएको जानकारी दिए । पौडेललाई ६५ वर्ष माथीका उमेर समूह जसले पहिलो डोज लगाएर तर दोस्रो डोज लगाउन बाँकी छ उनिहरुलाई कहिले खोपको ब्यवस्था हुन्छ ? भन्ने प्रश्नमा उनि भन्छन् “नेपाल सरकारले केहि समयमा सो बिषयमा निर्णय गरे लगत्तै दोस्रो खोप लगाइने छ, तर अहिले लगाउन लागेको खोप पूणतः नया उमेर समूको लागि पहिलो डोज हो ।”

फाईल तस्विर

उनले सबैलाई ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई कोरोना बिरुद्धको भेरोसिल खोपको पहिलो डोज लगाउन सूचनामा उल्लेख भए अनुसार नजिकको स्वास्थ्य केन्द्रमा जान र लैजान सबैलाई आग्रह पनि गरे ।
रत्ननगरमा वडा अनुसार खोप लगाउने स्वास्थ्य केन्द्र, समय र मिति यस प्रकार रहेको छ ः

तपाईको प्रतिक्रिया