चितवन । सामरी उत्थान सेवाले माडीका विभिन्न क्षेत्रमा हात धुने धारा राखेको छ । कोभिडलाई मध्यनजर गर्दै, सार्बजनिक स्थलहरुमा हात धुने धारा राखेको हो । यस संस्थाकी जिल्ला संयोजक समेत रहेकी भगवती गायक थापा मगरले सामरी उत्थान सेवाले खासगरी बिपन्न गरिब, अल्पसंख्यक, भुमिहिक सुकुम्बासी, दलित, जनजातिहरुको लागि सेवा गर्दै आएको बताइन् ।

उनले विशेषगरी माडीका ७,८,९ मा काम गरेको बताइन् । उनी भन्छिन, माडीमा पहिलो चरणमा ४ वटा हात धुने धारा र आज १ वटा धारा राखेको बताइन् । उक्त धारा आज माडी ३ का वडा अध्यक्ष पुरण महतोको अध्यक्षतामा बसन्तपुर बजारमा रहेको खुल्ला खेलमैदान अगाडिको सार्बजनिक मंचमा हात धुने धारा राखिएको हो ।

तपाईको प्रतिक्रिया