चितवन । चितवनमा भइरहेको लकडाउनलाई खुकुलो बनाएर लैजाने तयारीमा चितवन प्रशासनको तयारी रहेको छ । ३ पटक सम्म बढाएर जेठ २७ सम्मको लागि गरिएको निषेधाज्ञा सकिने मिति नजिकै आइरहदा चितवन प्रशासनले लकडाउनलाई बिस्तारै खुकुलो बनाउने तयारीमा लागेको हो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर क्रमशः न्यून हुँदै गएपछि चितवन प्रशासनले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने मनस्थितिमा चितवन प्रशासन रहेको बुझिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले जिल्लामा निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको साथै सबै क्षेत्रबाट रिपोर्टिङ लिने काम भइरहेका र त्यसैका आधारमा अब कसरी अघि बढ्ने भन्ने कुराको निर्णय हुने बताए । यस बिषयमा आज (बुधबार) डिसिसिएमसीको बैठक बस्दैछ र सो बैठकले निर्णय गर्ने बताइएको छ ।

लामिछानेले सबै क्षेत्रबाट सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने र केही सहजीकरण भने पक्कै हुने बताए । उनले जिल्लामा केही गतिविधि गर्न दिइनेगरी निर्णय गरिने बताए ।

हालका दिनमा अन्य जिल्लाको तुलनामा चितवनमा कोरोना संक्रमण दर भने घट्दो क्रममा रहेको छ । तर जोखिम भने कायमै देखिएको छ । देशभर कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा बढेसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ ।

तपाईको प्रतिक्रिया