चितवन । चितवनमा जारी रहेको निषेधाज्ञा केहि खुकुलो गरि असार ३ गतेसम्मको लागि थपिएको छ । यस अघि थपिएको लक डाउनको समय सिमा भोलि जेठ २७ गते सकिदैछ । सोहि कुरालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा एक साताको लागि थपेको हो ।

बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको सूचना अनुसार निषेधाज्ञा असार ३ सम्म लम्बिएको छ ।
चितवन प्रशासनले थपेको यो निषेधाज्ञामा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्नेछ । त्यस्तै बैंक खुल्ने दिन र समयको सीमा हटाइएको छ । त्यस्तै अब अत्यावश्यक कामका लागि सातै दिन खोल्न पाइने पनि भएको छ । त्यस्तै पाठ्यपुस्तक बेच्ने पसल खोल्न, ३ जनासम्म कामदार राखेर सवारीसाधन मर्मत गर्ने वर्कसप खोल्न पाइने छ । त्यस्तै गरि अत्यावश्यक कार्यालयमा आलोपालोमा खोल्नु पर्ने छ भने अरू कार्यालयमा आन्तरिक प्रशासनिक काम भने गर्न पाइने भएको छ । त्यस्तै होटल रेष्टुरेन्टले टेक अवे सेवा दिन भने पाउने भएका छन् ।
असार ३ सम्मको निषेधाज्ञामा के गर्न खुल्छ के खुल्दैन हेरौँ बिज्ञप्तिः


तपाईको प्रतिक्रिया