महेश पाण्डे
चितवन । रत्ननगरमा १४०५ जनाले कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप लगाएका छन् । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार रत्ननगर नगरपालिकाका १६ वटै वडामा रहेका ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई जेठ २५, २६ र २७ गते कोरोना बिरुद्धको पहिलो मात्राको भेरोसिल खोप १४०५ जनालाई लगाइएको जानकारी दिए ।

फाईल तस्विर

उनले खोप लगाउने मध्ये ७३५ जना पुरुष र ६६९ जना महिला रहेको बताए । उनले रत्ननगरमा रहेका बिभिन्न स्वास्थ्य सेवा केन्द्रबाट वडा अनुसार तालिका बनाएर खोप लगाइएको जानकारी दिए ।

पौडेललाई ६५ वर्ष माथीका उमेर समूह जसले पहिलो डोज लगाएर तर दोस्रो डोज लगाउन बाँकी छ उनिहरुलाई कहिले खोपको ब्यवस्था हुन्छ ? भन्ने प्रश्नमा उनले नेपाल सरकारले केहि समयमा सो बिषयमा निर्णय गरे लगत्तै दोस्रो खोप लगाइने तर अहिले लगाइएको लगाइएको खोप पूणतः नया उमेर समूको लागि पहिलो डोज भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया