चितवन । युवा व्यवसायी तथा समाजसेवी पुरू खनालले सामाजिक कार्यलाई तीव्र पार्नुभएको छ । पोल्ट्री व्यवसायमा अब्बल रहनुभएका खनालले आज पनि पूर्वी चितवनको खैरहनी ४ स्थित गैडेआहलका विपन्न १५ घर परिवारलाई राहत वितरण गर्नुभएको छ । व्यवसायसगैँ सामाजिक अभियान्ताका रूपमा समेत आफुलाई अग्रसर बनाईरहनुभएका खनाल यहाँका विपन्नलाई १ महिनाका लागि पुग्ने गरि चामल,दाल, नुन र तेलसहित प्याकेज राहत वितरण गर्नुभएको हो ।

हामी व्यवसायी हौं, व्यवसाय मात्र होइन सामाजिक कार्य र हाम्रो उत्तरदायित्व प्रती म सजक छु उहाँले भन्नुभयो, “लकडाउनले सबै मारमा पर्नुभएको छ, हामी सक्ने नसक्नेलाई सहयोग गर्ने हो, छ र त दिनसकेको हुँ ।’ उघोग वाणिज्य संघ रत्ननगरका उद्योग तर्फका उपाध्यक्ष समेत रहनुभएका खनाल नेपाल ह्ययाचरी उद्योग संघका सह–सचिव समेत हुन् । विगतमा समेत पुरू खनालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न दिन दुःखी र गरिबलाई सहयोग गर्दै आउनुभएको छ ।

यो राहत वितरण अभियानसगैँ खनाल लकडाउन र कोरोना भाइरसका कारण समस्यामा परेका अन्यलाई समेत सहयोग गर्ने उद्घोष गर्नुभएको छ । उहाँले आज यो सहयोग खैरहनी हेल्प डेक्स मार्फत विपन्न समुदायको घरमा नै पुगेर सहयोग गर्नुभएको हो । कार्यक्रम खैरहनी हेल्प डेक्सका अभियान्ता एवंम् ग्रेट एफएमका अध्यक्ष रामेश्वर रिजाल, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्य, अभियान्ता सानू केसी, पुर्ण बोहरा, शान्ताममणी नहरकी, रामजी कुवंर लगायतको सहभागीता थियो ।

यसअघि मात्र खनालले चितवनका पत्रकारलाई प्रेस संगठन नेपाल चितवन शाखा मार्फत ५ हजार थान मास्क र १ सय थान सेनिटाईजर सहयोग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया