चितवन । विपन्न बस्तिमा खाद्यान्नको अभाव हुन नदिन सिआरसी नेपाल र नेवाज मल्टिप्रपोज सोसाइटीले खाद्यान्न तथा नगद सहयोग अभियानलाई तिब्र पार्दै लगेको छ । सोही क्रममा सो संस्थाले पूर्वी चितवनमा रहेका बिभिन्न स्थानमा रहेका विपन्न वस्तीहरूमा शनिवार खाद्यान्न र नगद सहयोग गरेको छ । कोरोना कहरका कारण छाँक टार्न समस्यामा परेका एकल महिला, सुत्केरी महिला, वृद्धवृद्धा, अपाङ्ग, रिक्सा चालक र विपन्न घरपरिवारका कुल ७९ घर परिवारलाई एक बोरा चामल (जिरा मसिनो), दाल ४ किलो र क्वाटी ३ किलो सहित नगद रू. ५ सय सहयोग गरिएको हो ।

पूर्वी चितवनको कालिका ६ खोलेसिमल र रत्ननगर १५ माधवपुर बुढिकुलो छेउका २० घर परिवार, कालिका ६ कै गुराउचौरका २० घरपरिवार र कालिका ६ कै कमलचोक नगरपालिका भवन अगाडिका २४ घरपरिवारलाई सो सहयोग उपलब्ध गराइएको हो । अ ड्रप अफ लाईभ हङ्गकङ्गको आयोजना तथा कम्युनिटी रिसोर्स सेन्टर (सिआरसी नेपाल) को समन्वय र नेवाज मल्टिपरपोज सोसाइटीको सहयोगमा सो कार्यक्रम भएको थियो ।

संस्थाले अशक्त एवम् वृद्धवृद्धा हरूलाई घरमा नै लगेर सो सहयोग सामग्री उपलब्ध गराएको थियो भने अन्य परिवारलाई रत्ननगर १५ स्थित विन्ध्वेश्वरी नि.मा.वि.को प्राङ्गणमा तथा कालिका ६ को कमलचोक नगरपालिका भवन अगाडि सो सहयोग प्रदान गरिएको थियो । सिआरसी नेपालका संस्थापक अध्यक्ष डा. विश्व पौडेलको विशेष पहलमा सो सहयोग उपलब्ध गराइएको थियो । हाल सो संस्थाका अध्यक्ष सुवास बराल रहनु भएको छ ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा नेवाज मल्टिपरपोज सोसाइटीका अध्यक्ष तथा सिआरसी नेपालका महासचिव देवेन्द्र कुमार श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो । कार्यक्रममा सिआरसी नेपालका सोहेन्द्र राज खरेल, मणिराज चौधरी, चित्रराम चौधरी, शर्मिला श्रेष्ठ, सिर्जना श्रेष्ठको उपस्थिति रहेको थियो । त्यस्तै गरी नेवाज मल्टिपरपोज सोसाइटीका रविन जोशी, दिनोज श्रेष्ठ, सुरेन्द्र मानन्धर, दिलप श्रेष्ठ, गोविन्द श्रेष्ठ, हेमराज श्रेष्ठ, कृस श्रेष्ठ, डिआइ श्रेष्ठ, हेमराज वाडे श्रेष्ठ, निविस श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, सुमित श्रेष्ठ, रोमस श्रेष्ठ, रसिक श्रेष्ठ, रविन्द्र श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । उहाँहरूले खाद्यान्न वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा खोलेसिमलका सभापति लिलाबहादुर गुरुङ, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भण्डारी, स्थानीय समाजसेवी फणिन्द्र लामिछाने, भुवन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, चेतबहादुर थापा, युवा समाजसेवी सञ्जय लामा लगायतको उपस्थिति रहेको थियो । सस्थाले आज पहिलो दिनमा ७९ बिपन्न परिवारलाई सहयोग उपलब्ध गराएको र सोही प्रकारको सहयोग निरन्तर जारी रहने छ ।

साथै सोही सस्थाले कोरोना सङ्क्रमणका कारण मृत्यु भएका यसै क्षेत्रका विपन्न परिवार हरुलाई पनि खाद्यान्न र नगद सहयोग गर्ने कार्यक्रम रहेको सिआरसी नेपालका महासचिव देवेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया