अजित अधिकारी
चितवन । पछिल्लो समय माडीमा भएको जग्गा खण्डिकरण बारे एकाएक मिडियामा समाचार आएपछि बिवादमा तानिएको माडी नगरपालिकाले अझै पनि यसबारेमा कुनै पनि ठोस प्रतिक्रिया दिएको छैन ।
यसको बिरोध तथा आलोचना बढिरहदा पनि स्थानीय निकायले यस बारेमा प्रष्ट पार्न नसक्नु लज्जाको विषय भएको सरोकारवालाहरु बताउँछन । यस बारेमा न त नगर प्रमुखले नै जवाफ दिन्छन् न त अन्य जनप्रतिनिधिले नै । यस्तै आँफुलाई यस बारेमा कुनै पनि कुरा थाहा नभएको उप प्रमुख ताराकुमारी काजी महत्तोले बताएकी छन ।

उनले आफ्नो फेसबुक स्टाटसमा यस्तो बताएकी हुन । उनले आफ्नो फेसबुकमा मलाई यसबारेमा केहि जानकारी नभएको र सरसल्लाह पनि नभएको र समितिमा पनि नरहेको जनाएकी छन ।

उता यस बारेमा माडी ९ का वडा अध्यक्ष एबम प्रबक्ता शिबहरी सुबेदीले पनि आँफुलाई कुनै जानकारी नभएको बताएका छन । नेपालीको आवाज डटकमसंग संक्षिप्त कुराकानी गर्दै, सुबेदीले आँफुलाई जानकारी नै नरहेको कुरामा कसरी बोल्ने भन्ने प्रतिक्रिया दिए । उनले, जग्गा खण्डिकरणको विषयमा सबैलाई दोषारोपण नगर्न आग्रह गरे । यसै बारेमा केहिदिन अगाडि बसेको सर्बदलीय बैठक बिना निस्कर्ष टुङ्गिएको थियो ।

बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा बसेको सर्बदलीय बैठकमा कुनै ठोस निस्कर्ष निस्कन नसकेपछि फेरि सोमबार अर्थात आज बैठक बस्ने निर्णय गरिएको थियो । तर आजपनि सो बारेमा बैठक बस्न सकेन । यसैबीच माडी नगरपालिका कार्यालयले जग्गा बिवादमा माडीका राजनीतिक दलहरुसंगै आबश्यक परे ट्वान्टीवान ग्रुप प्रपर्टी (प्रा.ली.) लाई समेत झिकाउने गरी बैठक आवाह्वान गरेको थियो ।


यस अगाडि माडीमा सर्बदलिय बैठक बसी बिवादित विषयमा बहस गर्न सर्बदलीय बैठक बोलाउन माग गरेका थिए । यसरी दिनप्रतिदिन जिम्मेवारी तहमा रहेका जनप्रतिनिधिहरुले यसबारेमा आँफुहरुलाई थाहा नभएको प्रतिक्रिया दिएपछि जनताहरुले समेत आक्रोश पोखेका छन ।

तपाईको प्रतिक्रिया