चितवन । नारायणी नदीमा ४४ वर्ष यताकै सम्मकै सबैभन्दा ठूलो बाढी आएको छ । बाढी आएसँगै नदीले खतराको विन्दु पार गरेर धेरै माथि पुगेको छ । मंगलबार साँझ ९ बजे नदीको सतह १०.१ मिटर पुगेको हो । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो । जुन विगत ४४ वर्ष यताकै बढी थियो । नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका अनुसार यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह पुगेको थियो ।

मंगलबार दिउँसो ४ बजेबाट पानीको वहाव बढ्दै गएको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नरायणी नदीमा पानीको बाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको मानिन्छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक बिज्ञप्ति निकाल्दै नारायणी नदीसँगै राप्ती, रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रमा वसोवास गर्ने जनतालाई सुक्षित स्थानमा गई बस्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया