महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकामा बेथिति बढेको भन्दै रत्ननगरमा रहेका चार राजनैतिक दलले नगर प्रमुख नारायण वनको ध्यानाकर्षण गरेका छन् । रत्ननगरमा रहेको नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा (बिपल्ब समूह) र देशभक्त गणतान्त्रिक मोर्चा वैद्य समूहले मंगलबार नगर प्रमुख वनलाई भेटेर ८ बुँदै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

महालेखा परीक्षकको कार्यालयले रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा डेढ करोडभन्दा बढी रकम नियमविपरीत खर्च भएको बताएपछि र मन्त्रालयले गर्ने मुल्याकंनमा रत्ननगर नगरपालिका जिल्लामा ५ औं स्थानमा रहेपछि पछिल्लो समय नगरपालिका बिवादमा तानिदै आएको छ ।

सो कुरा मिडिया मार्फत बाहिर आएपछि रत्ननगरमा रहेका चार राजनैतिक दल मिलरे नगर प्रमुख नारायण वन समक्ष ८ बुंदे ध्यानाकर्षण पत्र बुझाएको नेकपा मालेका नगर सचिव रामहरी लम्सालले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले साना राजनैतिक दलहो भनेर नगरपालिकामा निषेधको प्रवृति रहेको भन्दै सो कुरा कदामी मान्य नहुने बताए ।

सो ८ बुंदे ध्यानाकर्षण पत्रमा नगरपालिकाले छनोट गरेका योजनाहरुमा काम सम्पन्न भएको लामो समयसम्म पनि सार्वजनिक सुनुवाई नभएको, महालेखा परीक्षकको कार्यालयबाट प्रश्न उठाइएका डेढ करोडभन्दा बढी रकम नियमविपरीत खर्चको बिस्तृत प्रतिवेदन आवश्यक रहेको, नगरमा विकास निर्माणको काम गर्दा राम्रो भन्दा पनि हाम्रो भन्ने भावना मौलाएको, नगरमा ठुला दलको मात्र परामर्श लिने तर साना दल भनेर निषेध गर्ने परिपाटी रहेको, करबृद्धी पश्चात भएको सम्झौताको कार्यान्वयन नभएको, नगरपालिकामा हुने नियुक्ति र बढुवा पहुचका आधारमा मात्रै हुने गरेको, नगरमा रहेका सरकारी विद्यालय सञ्चालन ब्यवस्थापनको पद्धतिमा समावेशितालाई ध्यान नदिएको र नगरका निजि विद्यालयले आफु खुसी शुल्क असुल्दा समेत स्थानिय तह मौन रहेको, कोरोना महामारीमा नगरमा सञ्चालन भएका आइसोलेशन वार्ड, राहत वितरण र खोपमा पहुचवालाको चलखेलले प्रशस्त संका उब्जिएकाले सोको बारेमा सार्वजनिक सुनुवाईहुन आवश्यक रहेको, नगरपालिकाको समग्र विधि र पद्धतिप्रति आम नगरवासीमा निरास बढ्दै गएकाले सो अवस्था प्रति गम्भिर नहुने प्रवृति नगरमा देखिएको लागाएतका कुरा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउदै चार राजनैतिक दलले यदि सो कुराको सम्बोधन नगरपालिकाले नगरे आफुहरु आन्दोलनमा जान बाध्य हुने कुरा सो ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया