अजित अधिकारी
चितवन । माडीमा अविरल बर्षाले विभिन्न क्षेत्रहरुमा क्षती पुर्याएको छ । केहिदिनदेखि परेको अविरल बर्षाका कारण चितई खोलामा आएको बाढीले माडी नगरपालिका १ स्थित बरुवा बजार चितई खोला नजिकै रहेको स्टार स्पोर्ट्स क्लबको खेल मैदानमा क्षति पुर्याएको छ । पुल निर्माण हुन लागेको सो खोलामा आएको बाढीले बाटोको डाइभर्सन सहित खेलकूद चौरमा क्षती पुर्याएको समाजसेवी एबम स्टार स्पोर्ट्स क्लबका उप सचिब संजय महतोले बताए । नेपालीको आवाज डटकमसंग संक्षिप्त कुराकानी गर्दै महतोले, बाढीले चौर छेउको मेसजाली समेत बगाएको र सडकदेखि झन्डै २० मिटर बाढीले कटान गर्दा खेलमैदानमा समेत असर पुर्याएको महतोको भनाइ छ ।
उनका अनुसार, अहिले बाढीले खेलमैदान सहित जमीन कटान गर्न लागेपछि वडा अध्यक्ष कृष्ण पौडेल लगाएतको अगुवाईमा पुलमुनीबाटै खोला बगाउने प्रयास सुरु गरिएको छ । पुल ढलानका लागि राखिएका पाइपहरु हटाई पुलमुनीबाटै पानी बगाउने प्रयासमा स्थानीय युवाहरु खटिएका छन । अहिले तत्काल त्यस क्षेत्रको स्तरोन्नति गर्न तत्काल पहल गर्नुपर्ने स्थानीयहरुको बुझाई छ ।

तपाईको प्रतिक्रिया