चितवन । कोरोनाको महामारीमा मारमा परेका र अग्रपंक्तिमा रहेर काम गर्नेलाई सहयोग स्वरुप नेपाली कांग्रेस रत्ननगर नगर समितिले सामाजिक उत्तरदायित्वको कार्य अन्र्तगत रत्ननगरमा रहेका बिभिन्न संस्थाहरुलाई स्वास्थ्य तथा राहत सामाग्री बितरण गरेको छ । गामबेशी चेपाङ संरक्षण केन्द्र, ईलाका प्रहरी कार्यालय, सानो घर, असहाय वृद्ध कल्याण समाज, श्रीराम वैदिक संस्कृत गुरुलम, नेपाल रेडक्रस सोसाइटी बछ्यौलि उपशाखा लगायतका संस्थाका प्रतिनिधिहरुलाई नेपाली कांग्रेस रत्ननगर नगर समितिले शुक्रबार बिभिन्न स्वास्थ्य तथा राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

रत्ननगर १० बस्ने ईन्जिनियर सुवास बरालको संयोजनमा उक्त सामाग्री रत्ननगर नगर समितिले खरिद गरि सो संस्थाहरुलाई बितरण गरेको हो । बितरण गरिएको सामाग्रिहरुमा चामल, दाल, साबुन, स्यानिटाईजर, मास्क लगायतका राहत तथा स्वास्थ्य सामाग्रीमा रहेका छन् ।

काभिडको बिषम परिस्थितिमा सहयोग परिमाणात्मक रुपमा जे जति भएतापनि एकताको सन्देश प्रवाह गर्नु र गाह्रोसाह्रो पर्दा नेपाली कांग्रेस साथमा छ भन्ने आभाष गराउनु कार्यक्रमको ध्येय रहेको नगर सभापति रुपनराज घिमिरेले नेपालीको आवाज डटकमलाई बताए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बछ्यौलीका संस्थापक सभापति तथा नागरिक सहायता कक्षका संयोजक राममणि खनालले बिपदको बेलामा मानवीय सेवामा समर्पित भएकोमा सिंगो पाटी पंक्तिलाई धन्यवाद दिँदै अन्य पाटीले पनि यो अनुसरण गर्नुपर्ने बताए ।
श्रीराम वैदिक संस्कृत गुरुकुलमका अध्यक्ष भेषराज दुवाडीले सामाग्री ग्रहण गर्दै यस्तो पुण्य कार्य गरेकोमा सिंगो आयोजक टिमलाई आभार प्रकट गर्दै दुवाडिले संचालन गरेको होटल स्टार चितवनको तर्फबाट नगद पाँच हजार प्रोत्साहन स्वरुप प्रदान गरे ।
गामबेशी चेपाङ संरक्षण केन्द्रका संरक्षक केपी किरण शर्माले चेपाङको संरक्षण र संस्कृति प्रवर्द्धनको अभियानमा यस्ता सहयोगले थप हौसला प्रदान गर्दै अझै जुझारु भएर लाग्न प्रेरणा मिलेको भन्दै आयोजकलाई धन्यवाद ब्यक्त गरे । असहाय वृद्ध कल्याण समाजका बरिष्ट उपाध्यक्ष पुर्ण पुरी एवं अनाथ बालबालिकाको लागि सानो घरका अध्यक्ष बिमला श्रेष्ठले पनि सो अभियान संचालन गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख ईन्द्रबहादुर रानाले फ्रन्टलाईनमा खट्ने राष्ट्र सेवकलाई गरिएको स्वास्थ्य सामाग्री सहयोगले नागरिक सुरक्षामा थप दृढ भएर लाग्न उर्जा मिलेको भन्दै आयोजकलाई धन्यवाद पनि दिए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस रत्ननगर नगर समितिका सचिव देवेन्द्र बहादुर भुजेल, सचिव सितादेवि रेग्मी, कोषाध्यक्ष शिवप्रसाद बराल, नगर सदस्य बिनोद पौडेल, अशोकराज अधिकारी, मिना गुरुङ, वडा सभापतिहरु कमलनाथ अधिकारी, सितु अधिकारी, बसन्त देवकोटा, सुर्यकान्त पौडेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया