दोलखा । तामोकोशी नदि थुनिएकाले सतर्क रहन दोलखा प्रशासनको सर्वसाधरणलाई आग्रह गरेको छ । प्रशासनले शुक्रबार राति विज्ञप्ति जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समय तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरेको हो ।

प्रशासनका अनुसार नेपाल–चीन सीमा नजिकको बस्ती र नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेकाले सजग रहन सूचित गरिएको छ । दोलखा प्रशासनको बिज्ञप्तिमा खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतिर जानुहुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारीसमेत गराउन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया