सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरी बाढी आउदा प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ मा रहेको वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बाढीले बगाएको हो । मनसुन सुरु भएको पहिलो दिन अर्थात असार १ गतेदेखि सिन्धुपाल्चोकमा निरन्तर बाढी आइरहेको छ ।

सो दिन आएको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति आएको बाढीले कटान लागेपछि बगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । रातिको बाढीले मानवीय क्षति भने भएको नभएको शेर्पाको भनाई छ ।

त्यस्तै, बाढीले वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बगाएको छ । बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ भने मेलम्ची नगरपालिका–६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको भवनमा समेत क्षति पु¥याएको छ ।

तपाईको प्रतिक्रिया