चितवन । नेपाली कांग्रेस रत्ननगर नगर समितिको सहयोग अभियान आजपनि जारी राखेको छ । त्यसै अनुरुप आज (शनिबार) रत्ननगरमा रहेका बिभिन्न धार्मिक स्थलहरुमा सहयोग गरिएको छ । जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम, टिकौलीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर र रत्ननगर–१ मा रहेको गायत्री हरिहर मन्दिरलाई स्वास्थ्य तथा खाद्य सामाग्री बितरण गरिएको हो ।

शुक्रबार मात्र कोरोनाको महामारीमा मारमा परेका र अग्रपंक्तिमा रहेर काम गर्नेलाई सहयोग स्वरुप नेपाली कांग्रेस रत्ननगर नगर समितिले सामाजिक उत्तरदायित्वको कार्य अन्र्तगत रत्ननगरमा रहेका बिभिन्न संस्थाहरुलाई स्वास्थ्य तथा राहत सामाग्री बितरण गरेको नगर सभापति रुपन राज घिमिरेले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले त्यसैको निरन्तरता स्वरुप शनिबार पनि धार्मिक संस्थालाई स्वास्थ्य तथा खाद्य सामाग्री बितरण गरिएको बताए । यो महामारीको समयामा नेपाली कांग्रेसले गर्ने मानविय सेवा रहेको बताउदै जस्तोसुकै परिस्थितिमा पनि सहयोगको लागि आफुहरु लागि रहेने बताए ।

रत्ननगर १० बस्ने ईन्जिनियर सुवास बरालको संयोजनमा उक्त सामाग्री रत्ननगर नगर समितिले खरिद गरेको हो । चामल, दाल, साबुन, स्यानिटाईजर, मास्क लगायतका सामाग्री राहत तथा स्वास्थ्य सामाग्रीमा समेटिएको हो ।

धर्मधाम जिरौनाका अध्यक्ष दिपकचन्द्र शर्माले यस्ता सामाजसेवा उन्मुख उत्तरदायी कार्यमा राजनैतिक दल जोडिनुले धर्म संस्कृति जगेर्नामा ठुलो बल पुग्नुका साथै एकताको सन्देश प्रवाह गर्ने बताए । जिरौना स्थित धर्मधामलाई देशकै आकर्षक धार्मिक पर्यटनको गन्तव्य बनाउन जिम्मेवार राजनैतिक दलको रुपमा भूमिका निर्वाह गर्न सुझाब दिँदै कृतज्ञता ज्ञापन गरे ।
श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका अध्यक्ष लिलाराज सुवेदीले आफ्नो संस्थालाई पनि सहयोगका लागि सम्झेकोमा समग्र पार्टी पंक्तिलाई धन्यवाद ब्यक्त गरे ।

गायत्री हरिहर मन्दिरका अध्यक्ष नेमराज पौडेल, पुर्व अध्यक्ष भागिरथ पौडेल, निवर्तमान अध्यक्ष बेद पुरी, वरिष्ठ उपाध्यक्ष निलकण्ठ पौडेल, सचीव सोमप्रसाद भट्ट, महिला सदस्य शरला सुवेदी लगायतको उपस्थितिमा आयोजित स्वास्थ्य तथा राहत सामाग्री बितरण कार्यक्रममा बोल्दै मन्दिरका अध्यक्ष नेमराज पौडेलले नेपाली कांग्रेसको पुण्य कार्यको मुक्तकण्ठले प्रसंसा गरे ।

उक्त कार्यक्रममा रत्ननगर ११ का वडा अध्यक्ष शशिभक्त न्यौपाने, नगर समितिका सचिव देवेन्द्र बहादुर भुजेल, कोषाध्यक्ष शिवप्रसाद बराल, नगर सदस्य बिनोद पौडेल, अशोकराज अधिकारी, मिना गुरुङ, वडा सभापतिहरु कमलनाथ अधिकारी, सितु अधिकारी, बसन्त देवकोटा, कलाधर पौडेल, सुर्यकान्त पौडेल लगायतको उपस्थिति रहेको थियो ।

श्रीकृष्ण प्रणामि मन्दिरको आश्रयमा वृद्ध आमाहरू रहेका छन् भने हरिहर मन्दिरको संस्कृत पाठशालामा बटुकहरु अध्ययनको क्रममा गुरुकुलम पद्धतिबाट अध्ययनरत रहेका छन् ।

तपाईको प्रतिक्रिया