चितवन
हेल्प डेक्स खैरहनी चितवनले शनिवार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउंपालिकाका बाढीबाट विस्तापित घरपरिवारहरुको लागि सोलार तथा राहत सामग्री सहयोग गरेको छ |

हेल्प डेक्सले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउंपालिकाका लागि बाढीबाट विस्तापित संचार विहिन ४०० घरपरिवारहरुको लागि पुग्ने चार्जर युक्त सोलार तथा राहत स्वरुप खाधन्न र औषधी लगायतको सामग्री उपलब्ध गराइएको छ |

कोभिडबाट थिलो थिलो परेको सिन्धुपाल्चोक जिल्ला यतिखेर प्राकृतिक बिपत्ति को सामना गर्नु परेको बस्तुगत परिस्थितिलाइ ध्यानमा राख्दै हेल्प डेक्स खैरहनीले नेपाली सेनामार्फत बाढीबाट बिस्तापित परिवार समक्ष पुर्याउन मेलम्चि नगरपालिका मा रहेको कालीगढमा १० थान सोलार , २० थान बत्ती , २० बोरा भुजा , ५ बोरा चिउरा, ५ बोरा दालमोट, ७ बोरा बिस्कुट , २० काटुन चाउचाउ तथा स्वास्थ्य सामग्री सहयोग गरेका थिए |

हालसम्म २५०० भन्दा माथिका आवश्यकता जनहरुले हेल्प डेक्स खैरहनी चितवन मार्फत सेवा लिसकेका अभियान्ता बसन्त अधिकारी बताउछन |

अति विपन्न परिवारहरुमा निशुल्क फुड एम्बुलेन्स , कोभिड संक्रमित विरामीहरुको उच्च मनोवल वृद्दीयुत्त स्वास्थ्य परामर्शका साथै कोभिड लाइ जित्न सहयोग पुग्गे हेतुका साथ पौष्टृक खाध्य पदार्थ वितरण प्रेमोपहार कार्यक्रम संचालन गर्दै आइरहेको छ |

कोभिडको दोस्रो भेरीयन्ट सुरु भए संगै ग्रेट एफएम , श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला कार्य समिती चितवन र ग्रेट टिभी को संयुक्त आयोजनामा खैरहनी पर्सामा सुरु गरिएको हेल्प डेक्समा खैरहनी चितवन मार्फत आर्थिक अवस्था कमजोर भएकाहरुका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था, चिकित्सा परामर्श, बिरामीका लागि अक्सिजनसहितको सवारी साधनको व्यवस्था, नियमित औषधि सेवन गरिरहेका बिरामीका लागि औषधि घरमै पुर्‍याइदिने व्यवस्था, रगत अभाव भएका बिरामीका लागि रगत उपलब्ध गराइदिने लगायतका सेवा सञ्चालन गर्दै आइरहेको छ |

तपाईको प्रतिक्रिया