अजित अधिकारी
चितवन । माडीको बघौडा अस्पताललाई आज NRNA बेल्जियम रोटरी क्लब रत्ननगर टाँडी र महेश मेडिसिन सेन्टर भरतपुरको संयुक्त योजनामा स्वास्थ्य सामाग्री बितरण गरिएको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालको आतिथ्यतामा सो स्वास्थ्य सामाग्री ने.रे.सो. प्रादेशिक रक्तसन्चार केन्द्र चितवनका प्रमुख रमेशकान्त पौडेल र उपमन्त्री शालिग्राम पौडेलले नगर प्रमुख ढकालद्वारा डा. आलोक कुमारलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेका हुन ।

सामाग्री सहयोग NRNA बेल्जियमले १ थान कन्सलटेन्सी, रोटरी क्लब टाँडीले २ थान ह्विलचियर, मास्क र स्यानिटाइजर क्रमश ८०० पिस १०० ml को २० पिस स्यानिटाइजर उपलब्ध गराएका थिए ।

कार्यक्रममा ने.रो.सो. नारायणगढ उपशाखाका राजकुमार गुप्ता, बघौडा उपशाखाका सभापति भागिरथ बस्याल, सचिब नेत्रबन्धु पोख्रेल, माडी ५ का वडा अध्यक्ष रामबन्धु पोख्रेल, बसन्तपुर बजार ब्यबस्थापन समितीका अध्यक्ष शशिधर बराल लगाएत विभिन्न सामाजिक ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया