चितवन । बाघको आक्रमणपरि रत्ननगरमा एक महिलाको मृत्य भएको छ । आज (सोमबार) दिउसो करिब ०१ः२५ बजेको समयमा रत्ननगर न.पा. वडा नं. ५ मगरटोल बस्ने ३२ वर्षकी गिता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

आफ्नो घर नजिकै रहेको जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उता बाघको आक्रमणबाट मृत्यु भएकी अधिकारीको सव प्रहरीले जंगलबाट निकाल्न नसकेको भन्दै स्थानियले प्रदर्शन गरेका छन् ।
बाघको आक्रमणबाट मृत्यु भएको जानकारी प्रहरी प्रशासनलाई भएतापनि सव निकाल्न कुनै प्रयास नगरिएको भन्दै स्थानियले चितवन राष्ट्रिय निकुञ्ज, सौराहा सेक्टर कार्यालय नजिकै प्रदर्शन गरेका पत्रकार सञ्जय दुवाडीले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

यसअघि पनि चितवनमा बाघको आक्रमणबाट केही ब्यक्ति घाइते भइसकेका छन् ।

तपाईको प्रतिक्रिया