असार ७ गते । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरवासीले आफुले तिर्नु पर्ने करको बारे पूर्व जानकारी समेत गराएर विद्युतिय भुक्तानी (इपेमेन्ट ) सेवाको विस्तार गर्ने नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सेवाग्राहीहरुको सहजताका लागि कर तिर्न यस्तो सेवा विस्तार गर्ने निति लिईएको नगर प्रमुख लालमणि चौधरीले वताए । कोभिड १९ महामारीको वढ्दो प्रभावलाई मध्यनजर गर्दै राजस्वमा छुट र सहुलियतको व्यवस्था,आन्तरीक आय परिचालनमा सुधार ल्याउन र राजस्व प्रक्षेपणलाई यथार्थपरक र वैज्ञानिक वनाई,वजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित गर्न खैरहनी नगरपालिकाको राजस्व सुधार कार्ययोजना तर्जुमा गरि अघि वढाईने,राजस्वका विभिन्न विधाका असल करदातालाई प्रोत्साहन र पुरस्कृत गर्ने कार्यक्रम संचालनमा ल्याईने नगर प्रमुख चौधरीले वताए । नगरपालिकाले सुशासन तथा संस्थागत विकासका लागि नागरीकको चासो र गुनासोलाई तत्काल सम्वोधन गर्ने वातावरण वनाउने जनाएको छ ।

चासो र गुनासो सुन्ने मात्र नभई नगरपालिकालाई सवैभन्दा उत्तम र रचनात्मक सुझाव प्रदान गर्ने नगरवासीलाई पुरस्कृत गरिने नगर प्रमुख चौधरीले वताए ।

नगरपालिकाको स्वीकृत दरवन्दीमा रहेर कार्यरत एक वर्ष व्यतित भएका अस्थायी र करार सेवाका कर्मचारीहरुका लागि कल्याण कोष स्थापना गरि उपदानको व्यवस्था गरिने,त्यस्ता कर्मचारीहरुलाई स्थायी कर्मचारीहरुले पाए सरहको सुत्केरी विदा,सुत्केरी स्याहार विदा,किरिया विदा लगायतको व्यवस्था गर्ने,पत्रकारीता क्षेत्रमा आवद्ध पत्रकारहरुको हकहितको प्रर्वद्धन र क्षमता अभिवृद्धीमा सघाउ पुर्याउने किसिमका कार्यक्रम संचालन गर्ने नगरपालिकाले लिएको निति तथा कार्यक्रममा उल्लेख छ ।

कोभिडको महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुका साथै कृषकहरुको उन्नती तथा विकासका लागि कृषि र पशुपालनको क्षेत्र,उद्योग तथा बाणिज्यको क्षेत्रलाई पनि प्राथमकिता दिने जनाईएको छ । सो अवसरमा नगर प्रमुख चौधरीले संघीय सरकारले स्थानीय तहमा सुरु गरेको स्वमुल्यांकनमा खैरहनी नगरपालिकालाई जिल्लाकै प्रथम वनाउन सहयोगी भुमिका निर्वाह गर्ने जनप्रतिनिधीहरु,वर्तमान र पूर्व कर्मचारीहरु लगायत सम्पूर्ण नगरवासीमा धन्यवाद दिदै आगामी दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा रहेको वताए ।

नगर सभामा आर्थिक विकास समितिको तर्फबाट संयोजक कारीराम चौधरी,सामाजिक विकास समितिबाट संयोजक मनेजर महतो, सार्वजनिक सेवा तथा क्षमता विकास समितिबाट संयोजक टिकादत्त इटनी, पूर्वाधार समितिबाट संयोजक होमकुमार पुन,लेखा समितिबाट संयोजक टिकाराम तिमल्सीना,वन,वातावरण तथा विपद व्यवस्थापन समितिबाट संयोजक भूमि प्रसाद कडेंल,विधायन समितिबाट संयोजक देववहादुर वस्नेत र न्यायिक समितिबाट सदस्य गोमादेवी भुजेलले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

निति तथा कार्यक्रम र प्रतिवेदन माथि थप छलफल गर्न असार १० गते सम्मका लागि समय दिई नगर सभा सोही दिन सम्मका लागि स्थगित गरिएको छ ।

असार १० गते आगामी आर्थिक वर्षका लागि वजेट सार्वजनिक गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले वताए ।

तपाईको प्रतिक्रिया