महेश पाण्डे
चितवन । पूर्वी चितवनको र.न.पा—१४, गैरिबारीमा रहेको सुकुम्बासी बस्तीमा रहेका ५३ परिवारलाई आज (मंगलबार) राहत बितरण गरिएको छ । अ ड्रप अफ लाईफ हंङकंङ को आयोजना, कम्यूनिटी रिसोर्स सेन्टर अफ नेपालको समन्वय, रोटरी क्लब अफ केवाई चुङ तथा नेवाज मल्टि प्रपोज सोसाइटीको सहयोगमा कोरोनाको दोस्रो लहरका कारणबाट दैनिक जिवन गुजारा चलाउन मुस्किल परेका गैरिबारी सुकुम्बासी बस्तिका ५३ परिवारलाई राहत बितरण गरिएको कार्यक्रमका संयोजक तथा सिआरएन नेपाल तथा नेवाज मल्टि प्रपोज सोसाइटीका अध्यक्ष देबेन्द्र कुमार श्रेष्ठ नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

रत्ननगर—२ मा रहेको नेपाल मा. विको मैदानमा गरिएको सो राहत बितरण कार्यक्रममा सबैलाई सोना मन्सुली चामल १ बोरा (३० केजि), मिक्स दाल (४ केजि), क्वाटी (३ केजि) र नगद रु. ५०० प्रदान गरिएको श्रेष्ठले जानकारी दिए ।

सो कार्यक्रममा नेवाज मल्टि प्रपोज सोसाइटीका दिनोज श्रेष्ठ, गोपाल श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, कृष श्रेष्ठ, दिआई श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, सुर्यमान श्रेष्ठ ( कालू दाइ ), रामकृष्ण श्रेष्ठ, रबिन्द्र श्रेष्ठ, हरि पाण्डे, समाजसेवि सन्जय लामा लगाएतको उपस्थिति रहेको थियो भने स्थानीय राजेस परियार ले कार्यक्रममा सहजकर्ताको भुमिका निर्बाह गरेका थिए ।

तपाईको प्रतिक्रिया