अजित अधिकारी
चितवन । निकै लामो समयको निषेधाज्ञासंगै किसानहरु यतिबेला धान रोप्ने चटारोमा कसिएका छन । कृषि प्रधान क्षेत्रका रुपमा परिचित माडी पछिल्लो समयमा भने खेतीयोग्य जमिन प्लटिङ्ग गर्ने परम्पराले गर्दा खेतीमा आत्मनिर्भर बनेको माडी केही पछाडि परेको हो । पानीको स्रोत भएका सिचाँइ तथा नहर कुलो रहेका क्षेत्रहरुमा रोपाइ सुरु गरिएको छ ।

बर्षातको समयमा भल छोपुवा जग्गाहरुमा क्रमिक रुपमा बर्षा भएपछि रोपाइ सुरु गरिन्छ । यस बर्ष अगिल्लो बर्ष भन्दा छिटै रोपाइ सुरु गरिएको हो । मनसुनी बर्षा छिटै सुरु भएपछि यस बर्ष रोपाइ छिटो भएको किसानहरुको भनाइ छ । खासगरी माडीमा विभिन्न समयमा विभिन्न प्रकारका अन्नबालीहरु हुने गर्दा, कोदो, मकै, गहुँ, फापर, धान लगाएतका खाद्यान्न बालीहरु लगाउने गरिन्छ । यसैगरी विभिन्न समयमा बर्षे तथा हिउँदे तरकारी बालीहरु जुन दलहन तथा लहरे तरकारी बालीहरु लगाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया