महेश पाण्डे
चितवन । रत्ननगर नगरपालिका वडा नं. १ ले वार्डमा रहेका सुत्केरीलाई पौष्टिक आहार तथा ३५ दिन भित्र ब्यक्तिगत घटना दर्ता गर्नेलाई नगद रु १ हजार प्रदान गरेको छ ।

आज (बुधबार) वडा कार्यालयको सभाहलमा भएको सो कार्यक्रममा वडा अध्यक्ष शंकर सिं तमाङ्गले वडामा रहेका २१ जना सुत्केरीलाई पौष्टिक आहार तथा नगद रु १ हजार प्रदान गरे ।

कार्यक्रममा उपस्थित वडा सदस्य बाबुराम गौतमले वडामा बालबालीका जन्मिने क्रम रहि रहने तर अभिभावकले जन्म दर्ता समयमानै नगर्दा नगरको तथ्याङ्क नहुने र सो तथ्याङ्क राष्ट्रिय जनगणनामा पनि समावेश नहुदा सहि देशको जनसंख्याको सहि तथ्याङ्क नआउने भएकाले त्यसलाई प्रेरित गर्न पनि वडाबाट नगद सहितको पौष्टिक आहार कार्यक्रम राखिएको बताए ।

पहिला पहिला स्वास्थ्य केन्द्रले पनि सुत्केरी महिलालाई केहि न केहि दिने गरेकोमा वडाको तर्फबाट पनि त्यसको निरन्तरता हुनुले सुत्केरी महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने वडा सदस्य भारती चौधरीले बताइन् ।

सुत्केरीलाई पौष्टिक आहार अन्र्तगत ग्लुकुज, बिस्कुट, हर्लिस र सुपसँगै नगर रु १००० प्रदान गरिएको वडा सचिव सुर्य ढुंगाने नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

वडाले सो कार्यक्रमको लागि रु ५० हजार बराबरको बजेट छुट्याएको पनि जानकारी दिए । सो कार्यक्रममा वडा सदस्य रुपा रिमालको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया