असार ९, चितवन
लायन्स क्लब अफ चितवन सौराहाले भवन निमार्ण गरेको छ । स्थापनाको १३ वर्षमा क्लबले भवन बनाएको हो । सौराहामा जग्गा किनेर एउटा सभाहल सहित दुई कोठे भवन निमार्ण गरेको छ । उक्त भवनको लायन्स क्लब डिष्ट्रिक ३२५ बी २ का गर्भनर रामप्रसाद भट्टले बुधवार उदघाटन गरेका छन् । संस्थाका सदस्यहरुबाट सहयोग संकधलन गरेर निमार्ण गरिएको क्लबका अध्यक्ष अञ्जनकुमार पाण्डेले बताए । भवनका दुई वटा कोठा ब्यवसायीक प्रयोजनका लागी प्रयोग गर्न मिल्ने खालको छ ।
क्लब आवद्ध सदस्यहरुबाट सहयोग संकलन गरेर भजन निमार्ण गरिएको हो । भवनको उदघाटन गर्दै डिष्ट्रिक गभर्नर भट्टले छोटो समयमा धेरै प्रगती गर्ने क्लबमा चितवन सौराहा रहेको बताए । सामाजिक सेवामा लायनवादहरुको सक्रिय सहभागी भएको बताए । उनले विकट क्षेत्रको मुहार फेर्न सबै उत्तिकै सक्रिय हुनुपर्ने बताए । कार्यक्रममा डिष्ट्रिक सचिव प्रभाकर पण्डितले लायन्स क्लबहरुको सक्रियताले सामाजिक विकासमा ठुलो प्रभाव परेको बताए । कोषाध्यक्ष नारायणप्रसाद शर्मा , क्लबका संस्थापक अध्यक्ष नारायण भट्टराईले बोलेका थिए ।
कार्यक्रममा अध्यक्ष पाण्डेले भवन निमार्णमा सहयोग गर्नेहरु र चार्टर मेम्बर लाई त्यस्तै पूर्व अध्यक्षहरुलाई सम्मान गरे । क्लबमा ६७ जना सदस्य छन् । यति धेरै सदस्य भएका लायन्स क्लबहरुहरु कमै भएको लायनकर्मीहरुले बताए ।
कोरोनाको जोखिमका कारण कार्यक्रम सामान्य रुपमा आयोजना गरिएको अध्यक्ष पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया