महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेका ५ वटा लायन्स क्लबले रत्ननगर–१३ मा रहेको असहाय बृद्ध कल्याण समाजमा मेडिकल रुम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छन् ।

मंगलबार पूर्वी चितवनका ५ वटा लायन्स क्लबहरु क्रमशः लायन्स क्लब अफ रत्ननगर, लायन्स क्लब अफ चितवन राइनो सिटी, लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर पिस र लायन्स क्लब अफ समृद्धीले संयुक्त रुपमा कार्यक्रम गरि बृद्ध कल्याण समाजमा करिब २ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहितको लायन्स मेडिकल रुम हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएको मेडिकल रुममा बृद्ध बृद्धाहरुलाई स्वास्थ्य उपचारमा उपयोगी हुने उपचार सामाग्रीहरु वेड, अक्सिजन सिलिण्डर, ह्यिल चियर, अक्सि मिटर, प्रेसर जाँच गर्ने यन्त्र, कुर्सी, टेबल, औषधि लगाएतका सामाग्री सहितको मेडिकल रुम हस्तान्तरण गरिएको लायन्स क्लब अफ रत्ननगर मिड नेपालका वर्ष २०२०/२१ का अध्यक्ष किशोर चालिसेले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
स्वास्थ्य सामाग्री हस्तान्तर कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का इलेक्ट डिस्ट्रिक गभर्नर राम प्रसाद भट्टले पूर्वी चितवनका ५ वटा लायन्स क्लबले असहाय बृद्ध कल्याण समाजमा मेडिकल रुम हस्तान्तरण कार्यक्रम गर्नु निकै खुसीको कुरा र महान समाज सेवा मध्येको एक भएको बताए ।

उनले लायन्स क्लब समाज सेवाको लागि निकै ठूलो ब्राण्ड भएको बताउदै सामान्य दुर्घटनामा पनि तत्काल के गर्ने समस्या पर्ने भएकाले यस्ता मेडिकल रुमले प्राथमिक उपचारको लागि निकै उपयोगि हुने बताए ।

उनले जो कोही मानिसले जिवित हुदै समाज सेवा गर्ने हो भन्दै अब गाउँ गाउँमा “माई लायन भिलेज” निर्माण गरेर मानव उपयोगि काम गर्नु पर्ने बताए । उनले पूर्वी चितवनमा लायन्सको नेतृत्वमा कुनै रोगको बिषेश सेवा उपलब्ध गराउने गरि अस्पताल निर्माण गर्नु पर्ने बताउदै यदि सो योजना आएमा लायन्स ईन्टरनेशनलले सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का डिस्ट्रिक सेक्रेटरी प्रभाकर पण्डितले पूर्वी चितवनमा लायन्स क्लबहरुले गरेको कार्य अतुलनिय रहेको बताए ।

उनले सो मेडिकल रुम निर्माणको लागि थोरै रकम डिस्ट्रिकले प्रदान गरेको भएतापनि ५ वटा लायन्स मिलेर मेडिकल रुम निर्माण गरेकोमा धन्यवाद पनि ब्यक्त गरे । उनले मेडिकल रुम निर्माण कार्यलाई मेगा प्रोजक्टको रुपमा लान सबैलाई आग्रह पनि गरे ।
उनले लायन्स सदस्यहरुले आफ्नो पकेट काटेर सामाजिक सेवा गर्ने भएकाले त्यसबाट मिल्ने भनेको आत्म सन्तुष्टि भएको बताए ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का डिस्ट्रिक कोर्डिनेटर दिपेन्द्र खतिवडाले सबै लायन्स क्लबमा लायन्सका सदस्यहरु थप्न आवश्यक रहेको बताए ।

उनले त्यसकालागि हरेक लायन सदस्यले कम्तिमा पनि एक जना सदस्य थप्न सकेमा पनि समाज सेवाको काम अझ फराकिलो हुने र आफु भन्दा कम भाग्यमानीले त्यतिनै धेरै सहयोग पाउने माहोल बन्ने धारणा ब्यक्त गरे ।

लायन्स क्लब अफ रत्ननगरका अध्यक्ष शिव पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा डिस्ट्रिक कोर्डिनेटर योगेन्द्रनाथ अधिकारी, डिस्ट्रिक डिपार्टमेन्ट चिफ क्रमशः कृष्ण लाल श्रेष्ठ, शुरेस चन्द्र आचार्य, उमेश गिरी, जोन चियर पर्शन क्रमशः ओमलाल सापकोटा, अनिल पाठक, गंगा सुवेदी, लायन्स क्लब अफ चितवन राइनो सिटीका अध्यक्ष भुपेन्द्र धिताल, लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष नरेन्द्र प्रसाद वेलवासे, लायन्स क्लब अफ समृद्धीकी अध्यक्ष सम्झना घिमिरे, असहाय बृद्ध कल्याण समाजकी अध्यक्ष उमा सापकोटा, उपाध्यक्ष पुर्ण पुरी लगाएतको उपस्थिति रहेको थियो ।

१८ जनाको क्षमता रहेको असहाय बृद्ध कल्याण समाजमा हालका दिनमा १४ जना बृद्धाहरुले आश्रय लिइ रहेको सो संस्थाका उपाध्यक्ष पुर्ण पुरीले जानकारी दिए । उनले सुरुवातमा १८ जना बृद्धाहरु रहेकोमा ४ जनाले मृत्युवरण गरि सकेको बताए । सो आश्रम बि.सं २०५९ सालमा स्थापना भएको हो ।











