महेश पाण्डे
चितवन । देश कोरोना भाइरसको महामारीमा परेको छ । यस्तो बेला कसले कसलाई कसरी सहयोग गर्ने भन्ने बिषयमा सोच्न पनि गाह्रो छ । यद्यपी केहि सामाजिक संस्था र सामाजिक अभियन्ताले हरुसँग सहयोग उठाएर भएपनि सहयोग नगरेका भने होइनन् । त्यसो त अरुसंग नगद मागेर सहयोग गर्न सजिलो छ तर आफ्नै सदस्य मिलेर अनि आफै नगद हालेर सेवा गर्ने सोच कम मानिसमानै देखिने गरेको पाइन्छ ।

हुन त सहयोग गर्न भनेर नै सामाजिक संस्थाको रुपमा रहेको लायन्स क्लबको अवधारण आएको हो । र त्यसमा जोडिए पछि त झन धेरैको उद्देश्य भनेको आफु भन्दा कम भाग्यमानिलाई सहयोग गर्ने भन्ने हुन आउदछ ।

त्यही सोच भनौ या मनमानै सहयोगको भावना पलाएपछि यो कोभिड महामारीको वर्षमा मात्रै आफै रकम उठाएर करिब ५० लाखको सहयोग गरेको छ पूर्वी चितवनमा रहेको उदाहरणीय क्लब लायन्स क्लब अफ चितवन राइनो सिटीले ।

करिब ११ वर्ष अघि न्यनतम २५ जना सदस्यबाट जन्मिएको सो क्लबमा अहिले ३३ जना सदस्यहरु रहेका छन् । हरेका वर्ष लिडरसिप परिवर्तन हुने लायन्सको नियम अनुसार यस वर्ष अर्थात वर्ष २०२०/२१ को नेतृत्व सम्भालेका थिए शैक्षिक क्षेत्रमा स्थापित ब्यक्तित्व भुपेन्द्र धितालले । जसको कार्यकाल ३० जुन अर्थात बुधबारबाट सकिदैछ ।

धितालको नेतृत्वमा रहेको सो टिममा रहेका पूर्वी चितवनकानै स्थापित बिभिन्न क्षेत्रमा आवद्ध ब्यक्तित्वहरुको सोच मिलेपछि चितवन, गोर्खा, म्याग्दी, धादिङ्ग लगाएतका ठाउँमा रहेका बिद्यालय तथा बिभिन्न समुदाय लगाएतका रहेको ठाउँमा पुगि निशुल्क शैक्षिक सामाग्री, खाद्यान्न, न्यानो कपाडा बितरण सम्मको कार्य गरेको छ सो क्लबले ।

पछिल्लो पटक मंगलबारमात्रै सो क्लबले रत्ननगर नगरपालिकाको वडा नं. ५, ६, ७ र खैरहनी नगरपालिकाको वडा नं. १३ मा रहेको स्वास्थ्य केन्द्रमा करिब ६ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जसमा बिरामी सुत्ने वेड ६ वटा, अक्सिमिटर ६ वटा, अक्सिजन सिलिण्डर ६ वटा, थर्ममिटर ६ वटा, साथमा कुर्सी, टेबल, औषधी लगाएतका सामाग्रीहरु रहेका छन् ।

सो कार्यक्रमको संयोजक तथा क्लबको तृतिय उपाध्यक्ष समेत रहेका पर्यटन ब्यवसायी दिनेश कंडेलले धेरै संघसंस्थाबाट खाद्यान्न सहयोगको श्रृङ्खला चलिरहेकाले अहिलेको कोभिडको महामारीमा स्वास्थ्य सामाग्रीनै महत्वपूर्ण भएकाले स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए ।

उनले अवका दिनमा क्लबले खाद्यान्न सहयोग भन्दा पनि शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।
क्लबका अध्यक्ष भुपेन्द्र धितालले चार वडामा स्वास्थ्य सामाग्री बितरण कार्यक्रम आफ्नो कार्यकालको अन्तिम कार्यक्रम भएको बताउदै हरेका कार्यक्रममा दिल खोलेर सहयोग गर्ने क्लबका सदस्यहरुले धन्यवाद ब्यक्त गरे । उनले जुलाई १ तारिक देखि ब्यवसायीका ब्यक्तित्व निरञ्जन थापाको नेतृत्वले गर्भनर राम प्रसाद भट्टले सोचेको “माई लायन भिलेज” को अवधारणालाई साथ र सहयोग गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशन ३२५ बि २ नेपालका इलेक्ट गर्भनर राम प्रसाद भट्टले ४ वटै वडामा बनेको लायन मेडिकल रुमको हस्तान्तरण गर्दै “माइ लायन भिलेज” नाम दिएर आफुले सोचेको अवधारण अन्र्तगत सो कार्य भएकोमा क्लबलाई धन्यवाद पनि ब्यक्त गरे ।

उनले सो अभियानलाई गाउँ गाउँमा फैलाउन आवश्यक रहेको भन्दै त्यसको लागि लायन्स इन्टरनेशनलले सहयोग गर्ने प्रतिवद्धता पनि ब्यक्त गरे ।

सो क्लबका सचिव अरुण सिवाकोटीले धेरै जिल्लामा रहेका शैक्षिक क्षेत्र देखि लिएर वस्तिसम्ममा ठूलो सहयोग हस्तान्तरण भैसकेको बताए ।

यो वर्षमात्रै क्लबले रत्ननगर—६ मा रहेको मालपुर स्कुललाई शैक्षिक सामाग्री हस्तान्तरण, इच्छाकामना—६ मा रहेको चेपाङ्ग समुदायलाई खाद्यान्न सहयोग, गोर्खामा रहेको मकैसिङ्गेमा रहेको चेपाङ्ग समुदायका ४० घर धुरिलाई खाद्यान्न सहयोग, खैरहनी—१३ मा रहेकी मृगौला पिडित वडा सदस्य लक्ष्मि सुनारलाई आर्थीक सहयोग, सोहि वडाका रहेर अपाङ्ग जिवन बिताइ रहेका वलराम भण्डारीलाई आर्थीक सहयोग, रत्ननगर—१२, जमुनापुरमा रहेको स्कुलका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग, रत्ननगरको बेल्सिमा रहेको स्कुलका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग, म्याग्दीको बेनीमा रहेको तातोपानी स्कुलका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग, खैरहनी—१३ मा रहेको बाल शिशु स्याहार केन्द्रमा रहेका बाबुनानीलाई शैक्षिक सामाग्री सहयोग तथा खानेपानी ट्याङ्की, मोटर र ट्याङ्की स्टाण्ड सहयोग, भरतपुर राधापुरमा रहेको प्रहरी अनाथ बालबालीकाको लागि न्यानो कपडा बितरण लगाएतको कार्यक्रम गरिएको सचिव सिवाकोटीले जानकारी दिए ।

सो कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का डिस्ट्रिक कोर्डिनेटरद्धय दिपेन्द्र खतिवडा र योगेन्द्रनाथ अधिकारी, डिस्ट्रिक डिपार्टमेन्ट चिफ क्रमशः कृष्ण लाल श्रेष्ठ, उमेश गिरी, जोन चियर पर्शन क्रमशः ओमलाल सापकोटा, अनिल पाठक, क्लबका पदाधिकारीहरु हरि अधिकारी, शंकर गिरी, लाल बहादुर राणा, जनक ढुड्डाना, पदम पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

यसरी समग्रमा हामी भन्न सक्छौ सहयोग अरुसँग मागेर मात्रै होइन यदि मन हुने हो भने आफै उठाएर पनि गर्न सकिन्छ । हुन त सहयोग सानो या ठुलो भन्ने नहोला तरपनि महामारीको बेलामा आफ्नो पकेट खर्च कटाएर भएपनि सामाजिक कार्यक्रमा कहिलै पछि नहट्ने लायन्स क्लब अफ चितवन राइनो सिटीलाई नेपालीको आवाज डटकमको तर्फबाट हार्दीक धन्यवाद ब्यक्त गर्न चाहान्छौ ।

तपाईको प्रतिक्रिया