महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको लायन्स क्लब अफ रत्ननगर मिड नेपालको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार रत्ननगरमा एक कार्यक्रमका बिच संस्थाका वर्ष २०२०/२१ का अध्यक्ष किशोर चालिसेले नव नियुक्त वर्ष २०२१/२२ का अध्यक्ष सुर्य प्रकाश रेग्मी लगाएतको टिमलाई पद हस्तान्तरण गरेका हुन् ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति समेत रहेका वर्ष २०२०/२१ का अध्यक्ष चालिसेले कोरोना महामारीको बिचमा पनि आफु भन्दा कम भाग्यमानीको सहयोगको लागि लाग्ने लायन्सको अभियानमा जोडिएर सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे ।

जुलाई १ अर्थात आज देखि आफ्नो अध्यक्षको कार्यकाल प्रारम्भ भएका अध्यक्ष सुर्य प्रकाश रेग्मीले आफुलाई क्लबको अध्यक्षको रुपमा नेतृत्व तहमा ल्याउने सबैलाई धन्यवाद ब्यक्त गर्दै यस वर्ष डिस्ट्रिक गर्भनर राम प्रसाद भट्टको अभियान “माई लायन भिलेज” लाई रत्ननगरमा सार्थक बनाउन लागि पर्ने बताए ।
उनले यो वर्षमा क्लबका सबै सदस्यलाई एनएलएफको सदस्य बनाउने, क्लबका पूराना कामको निरन्तरता दिने, क्लबको स्पोन्सरमा एक वटा नया क्लब गठन गर्ने सोच आफुले बनाएको बताए ।

रेग्मीले क्लबका वर्ष २०२१/२२ का नव नियुक्त प्रथम उपाध्यक्ष सुमन रेग्मिी (दिलिप), सचिव शुरेस जड्ड पाण्डे, कोषाध्यक्ष गणेश पौडेललाई लायन्स पिन तथा डायरी दिएर स्वागत गरेका थिए ।
क्लबका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक डिपार्टमेन्ट चिफ शुरेस चन्द्र आचार्यले क्लब स्थापना गर्दा चितवनमा सबै लायन्स क्लबमा अग्रिणी क्लब बनाउन सो क्लब गठन गरिएकोमा त्यो सपना साकार भएकोमा खुसी ब्यक्त गरे ।

उनले क्लबले आफ्नो कार्यकाल पछि पनि कुशल नेतृत्व पाएका कारण सो सपना साकार भएको बताउदै वर्ष २०२१/२२ का नव नियुक्त अध्यक्ष सुर्य प्रकास रेग्मीको नेतृत्वले अझ उत्कृष्ट कार्य गर्नेमा आफु बिश्वस्त रहेको बताए ।
सो कार्यक्रममा डिस्ट्रिक डिपार्टमेन्ट चिफ कृष्ण लाल श्रेष्ठ, डिस्ट्रिक डिपार्टमेन्ट मेम्बर प्रकाश शर्मा, द्धितिय उपाध्यक्ष शिवहरी भण्डारी, तृतिय उपाध्यक्ष किसन प्रसाद (दिनेश), सह—शंकर पौडेल, सह—कोषाध्यक्ष रोहित श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
सन २०१५ मा २५ जना सदस्यबाट सुरु भएको सो क्लबमा हाल ३८ जना सदस्य रहेका छन् ।











