
डेस्कः महेश पाण्डे
फिल्डः बिनिप शर्मा आचार्य
चितवन । लगातार परि रहेको पानीका कारण बुढी राप्ति खोलामा आएको पानीका कारण बाघमारामा २० घर पुर्ण रुपमा डुबानमा परेको छ । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तिमा बुढी राप्ति खोला पस्दा त्यहा फसेका सबैको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी ईन्द्र रानाले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
लगातार परेको पानीका कारण सो क्षेत्रमा अझै पनि पानीको बहाब बढि रहेकाले सुरक्षित रहन सबैलाई आग्रह पनि गरे । उता रत्ननगर—१६ स्थित कयर खोलामा आएको बाढीमा बगेको स्कुटर र महिलाको उद्धार गरिएको छ । कयर खोलाको बहाबसँगै बगेकी ति पहिलाको उद्धार गरिएको डिएसपी रानाको भनाई छ ।
अहिलो पूर्वी चितवनको प्राय सबै खोलामा पानीको स्तर खतराको लेभलमा पुगेको छ । भने टाँडी देखि पूर्वमा जान सक्ने स्थिति नरहेको र केहि स सना खोलाहरु बस्तिमा पसि सकेको नेपालीको आवाज डटकमबाट फिल्डमा खटिएका पत्रकार बिपिन शर्मा आचार्यले जानकारी दिए ।
आचार्यले नेपालीको आवाज डटकमकोलागि खिचको फोटो ग्यालरी हेरौंः