महेश पाण्डे
चितवन । कोराना महामारी र बाढीबाट प्रभावित रत्ननगरका बिपन्न घर परिवारलाई लायन्स क्लब अफ रत्ननगर मिड नेपालले सहयोग गरेको छ । रत्ननगर—८ मा रहेका कोराना महामारी र बाढीबाट प्रभावित बिपन्न १० घरलाई बिहिबार पूर्वी चितवनको चर्चीत लायन्स क्लब मध्येको एक लायन्स क्लब अफ रत्ननगर मिड नेपालले ३५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो ।

क्लबका अध्यक्ष सुर्य प्रकास रेग्मीले आफ्नो क्लब रत्ननगरमानै स्थापना रहेको क्लब भएको र यसै त कोरोना महामारीमा परेका रत्ननगर—८ का बिपन्न घरपरिवारलाई बिहिबार आएको बाढीले समेत प्रभावित बनाएकाले तत्काललाई केही भएपनि राहत होस भनेर खाद्यान्न सहयोग गरिएको बताए ।

उनले बिपदको घडीमा लायन्स क्लब चुप लागेर नबस्ने बताउदै जो कोहीलाई पर्ने अप्ठ्यारोमा आफ्नो क्लब साथमा उभिने जिकिर गरे । उनले तत्काल राहत स्वरुप खाद्यान्न सामाग्रीहरु चामल, दाल, चिउरा, तेल, चाउचाल लगाएत उपलब्ध गराइएको जानकारी पनि दिए ।

सो कार्यक्रममा प्रमुख अतिथि रत्ननगर—८ का वडा अध्यक्ष विनोद बस्नेत रहेका थिए । उनले कार्यक्रममा बोल्दै रत्ननगर मिड नेपालले गरेको सामाजिक कार्यको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

सुमन सेवेदी, शुरेस जंग पाण्डे र गणेश पौडेलले संयुक्त रुपमा संयोजन गरेको सो कार्यक्रममा डिस्ट्रिक डेपुटी कोर्डिनेटर शुरेस चन्द्र आचार्य, रिजन चेयर पर्शन ओमलाल सापकोटा, जोन चेयर पर्शन प्रकाश शर्मा, वडा सदस्य नेत्र गिरी, वडा सचिव खगनाथ पराजुली, निर्वतमान अध्यक्ष किशोर चालिसे लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया