चितवन । पूर्वी चितवनमा महिलाहरुद्धारा सञ्चालित लायन्स क्लब अफ समृद्धीले रत्ननगरमा रहेको सानो घरलाई खाद्यान्न सहयोग गरेको छ । सो क्लबका पदाधिकारी तथा सदस्यहरुले वर्ष २०२१÷०२२ को कार्यभार सम्भाल्दैै गर्दा सुरुवाति चरणको पहिलो कार्यक्रम अन्र्तगत र.न.पा—२ स्थित सानो घरमा खाद्यान्न सहयोग गरिएको हो ।
क्लबकी अध्यक्ष दिक्षा अधिकारीले अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै सानो घरमा रहेका बालिकाहरुको आवश्यकता बुझि खाद्यान्न सहयोग गरिएको बताइन् ।

उनले लायन्स क्लबको उद्देश्य भनेको आफु भन्दा कम भाग्यमानीको सहयोग गर्ने रहेको बताउदै आफुहरु वर्ष भरिनै सहयोगको हात लम्काउदै अगाडी बढ्ने बताइन् ।


सो कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक डिपार्टमेन्ट मेम्बर गंगा सुबेदी र विशिष्ठ अतिथि जोन चियर पर्शन अनु बोहोरा लगाएतको उपस्थिति रहेको थियो ।











