चितवन । भरतपुरमा फलाम बोकेका ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (आइतबार) दिउसो ०२ः५५ बजेको समयमा भरतपुर म.न.पा—१, आँपटारी स्थित पानी ट्याङकी ओरालोमा फलाम बोकेर नारायणगढबाट लम्जुङतर्फ गईरहेको ग१ख ९७५६ नम्बरको ट्रकले बिपरीत दिशाबाट आईरहेको प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने तिन घाइते भएका छन् ।

प्रहरीका अनुसार दुबै स्कुटरमा सवार चालक सहित ४ जना मध्य १ जना महिलाको घटना स्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा बागमती प्रदेश३–००३प ३५४३ नम्बरको स्कुटर पछाडी सवार जिल्ला तनहुं देवघाट गा.पा. १ बस्ने अन्दाजी ४०÷४२ बर्षकी चिनीमांया पौडेल रहेको र उनको शव भरतपुर अस्पताल भरतपुरमा रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै गम्भिर घाइते मध्ये बागमती प्रदेश३–००३प ३५४३ नम्बरको स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा. ११ बस्ने बर्ष ३५ का पुष्पराज बास्तोलाको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का २ घाइते मध्ये प्रदेश२–०३–००७ प ७१९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुं देवघाट गा.पा.५ बस्ने बर्ष ३० को तिल बहादुर गुरुङ र प्रदेश२–०३–००७ प ७१९६ नम्बरको स्कुटर पछाडी सवार सोही स्थान बस्ने बर्ष ३५ की सिरु गुरुङको अवस्था सामान्य रहेको र उनिहरुको नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेको तिन वटै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया