
नागोया / जापान
नेपाल पत्रकार महासंघ, जापानका पूर्व उपाध्यक्ष विनोदकुमार सापकोटालाई समाचार लेखेको विषयलाई लिएर गैर आवासीय नेपाली संघ जापान , नायोगाका मल्ल पक्षीय क्षेत्रीय समितिका संयोजक मनोज मल्लले अपशब्द प्रयोग गरि धम्प्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ जापान शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष मोहन घले र सचिव शान्तकुमार पाहारीद्धारा संयुक्त रुपमा हस्ताक्षरित एक विज्ञप्ती प्रकाशित गदै प्रकाशित समाचारको विषयलाई लिएर निर्वाचनको निम्ति बनेको ग्रुपमा अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्क्याउनु निन्दनीय कार्य हो भनिएको छ । साथै घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग समेत गरिएको छ ।
समाचार सामाग्रीकाप्रति चित्त नबुझे कानुनी उपाचार खोजिन सक्ने प्रयाप्त आधार हुदाहुदै पत्रकारलाई यसलाई धम्की दिइनु प्रेस स्वतन्त्रता विरोधी काम हो विज्ञप्तीमा भनिएको छ ।
एनआरएनए जापान , नागोया क्षेत्रीय अधिवेशनका सन्दर्भमा प्रकाशित एनआरएनए नागोयाको विवाद तत्काल समाधान गर्न १४ संघ संस्थाको आग्रह शीर्षकको समाचारको विषयमा मल्लले पत्रकार सापकोटालाई अपशब्द प्रयोग गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । सापकोटाको स्थायी घर चितवनको , भरतपुर हो। उनि नेपाल छदैं पत्रकारितामा क्रियाशिल थिए । उनि पत्रकार महासंघ चितवन साखाको नेतृत्वमा समेत थिए।
घटनाका सन्दर्भमा सरोकारवाला दुवै पक्षलाई बोलाई सत्य तथ्य जानकारी लिई समस्या समाधानको लागि चितवनकै पत्रकार कविकिरण न्यौपानेलाई नेपाल पत्रकार महासंघ, जापान शाखाद्वारा आग्रह गरिएको छ । उनि प्रेस चौतारी चितवन पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासघ , जापान साखाका संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार हुन्। आफुलाई उक्त समस्या समाधान गर्न महासंघ द्वारा एक हप्ताको समय प्रदान गरिएको न्यौपाने बताए। प्रेस स्वतन्त्रता विरोधी कार्यको जहा भए पनि विरोध गर्न पर्ने बताउँदै न्यौपानेले उक्त समस्या समाधान गर्न लागिपरेको बताए।