महेश पाण्डे
चितवन । चितवनको राप्तिमा मृतक भेटिएकी सुजिता भण्डारीको केशमा चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले आन्दोलन गर्नकै लागि भनेर काठमाण्डौबाट मानिसहरु प्लनेमा चढेर चितवन आएको बताएका छन् । बिहिबार जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा पत्रकार सम्मेलन गर्दै एसपी अधिकारीले सो कुरा बताएका हुन् ।

अधिकारीले घटनालाई अतिरञ्जित गर्न केही मानिसहरु काठमाण्डौबाटनै फ्लेक्स प्रिन्ट गरि, प्लेन चढेर एक रात होटल बसी आन्दोलन गर्न लागि परेको पाइएको बताए । उनले अहिले सो घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताउदै घटना हत्या हो या आत्महत्या हो अहिलै भन्न नसकिने जिकिर गरे ।

उनले घटना स्थलमा पतेरा मार्न प्रयोग हुने बिषाधी पनि भेटिएको बताउदै पोष्टमार्टम रिपोटमा भने बलात्कार हो भनेर नखुलेकाले भेजाइनल स्वाबको परिक्षणको लागि पठाइएको र त्यसको रिपोर्ट आएपछि थप खुल्ने जानकारी दिए ।

उनले घटनाको बिषयमा सत्य तथ्य पत्ता लगाउन परिवारको निकट रहेर काम गर्नु पर्ने अवस्था रहनुपर्ने भएपनि घटनालाई अतिरञ्जित पारिदा परिवारसँग राम्रोसँग भेट्ने अवस्था पनि नबनेको र आन्दोलनका नाममा केहि घुसपैठ भएका कारण आफु २ दिन देखि कर्फु ब्यवस्थापनमा लाग्न परेको बताए ।

उनले मृतक परिवारसँगको समन्वय राम्रो नै रहेको बताउदै मृतक भण्डारीको केसमा केही कमजोरी प्रहरीको पनि हुनसक्ने जिकिर गर्दै अनुसन्धानको नतिजा नआइन्जेल मित्थ्या तर्क गर्नु उपयुक्त नहुने बताए ।

तपाईको प्रतिक्रिया