महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगरमा सामाजिक कार्यमा सेवा गर्ने हातहरु अभिबृद्धि गर्ने उद्देश्यका साथ नयाँ लायन्स क्लबको रुपमा लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याको गठन भएको छ ।

यूवा व्यवसायी तथा सामाजिक ब्यक्तित्वको रुपमा चिर परिचित सुबास पोख्रेलको नेतृत्वमा रत्ननगरको पञ्चकन्या क्षेत्रका ब्यवसायीक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा सो लायन्स क्लबको स्थापना गरिएको हो ।
लायन्स क्लबअफ रत्ननगर मिड नेपालको स्पोन्सरसिपमा सो क्लबको गठन भएको हो । सो क्लब गठन कार्यक्रममा जोन चियर पर्सन प्रकाश शर्मा, लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष सूर्य प्रकाश रेग्मी, लायन्स क्लबअफ रत्ननगर मिड नेपालका निवर्तमान अध्यक्ष किशोर चालिसे, प्रथम उपाध्यक्ष सुमन सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।

डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर जगदीशचन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न युवाहरुको भेलाबाट पोख्रेलको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

नव गठित कार्यसमितिको नामावली यस प्रकार रहेको छ ।
संस्थापकअध्यक्ष ः ला. सुबास पोख्रेल
प्रथमउपाध्यक्ष ः ला. विष्णुहरि पन्त
द्वितियउपाध्यक्ष ः ला. अर्जुन प्रसादपौडेल
तृतियउपाध्यक्ष ः ला. सुमन पौडेल
सचिव ः ला. चन्द्रनारायण श्रेष्ठ
कोषाध्यक्ष ः ला. सुदन भण्डारी
सह–सचिव ः ला. बद्रिनाथ पराजुली
सह–कोषाध्यक्ष ःला.सन्तोष दुवाडी
क्लब मेम्बरसीप चेयर पर्सनः ला. नवराज लामिछाने
एसएनए एलसिआइएफ कोर्डिनेटरः ला. राजु भट्ट
क्लब सर्भिस चेयरपर्सनः ला. सुसान्त घिमिरे
क्लबमार्केटिङ्ग कम्युनिकेशन चेयरपर्सनः ला. मुस्कान काप्री
डाइरेक्टर ः ला. निशान भट्ट
डाइरेक्टर ः ला. अर्जुन वि.क.
टेल ट्वीस्टर ः ला. सपनकुमार भट्ट
टेमर ः ला. सुबास पोखरेल












