राजु भट्ट
चितवन । कालिका/बि.एम.हस्तकला प्रशिक्षण केन्द्रको आयोजना तथा कालिका नगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोष, (जैविक विविधता संरक्षण कोष (हरियो वन) को सहयोगमा सञ्चालित ढाका बुन्ने तथा हस्तकला सम्बन्धि ३ महिने तालिम सम्पन्न भएको छ ।

बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेको सभापतित्वमा सम्पन्न तालिम समापन कार्यक्रममा प्रदेश सभासद् घनश्याम दाहाल (अविनाश) प्रमुख अतिथि रहनुभएको थियो । भने कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा.बाबुराम लामिछाने विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सभासद् घनश्याम दाहाल (अविनाश)ले विगतका वर्षदेखि बि.एम.हस्तकला प्रशिक्षण केन्द्रले महिलाहरुलाई आयआर्जन गर्ने कार्यमा निरन्तरता दिदै आएको र तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई आफूले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथि कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले तालिमको लागि आफ्नो संस्थाबाट सहयोग रहेको र बिचौलियाका कारण महिलाहरुले उत्पादन गरेका वस्तुहरुको आकर्षक बजार मूल्य प्राप्त नहुने हुँदा उत्पादन भएका वस्तुहरुलाई उचित बजारीकरण गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा.बाबुराम लामिछानेले महिलाहरुको सिप विकास र आयआर्जन हुने खालका गतिविधिहरुमा विगतका वर्षहरुदेखि नै केन्द्रलाई सहयोग हुँदै आएको र आगामि दिनहरुमा समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा कालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व कार्यालय प्रमुख रामकुमार अर्याल, बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी सल्लाहकार सविता लामा ले तालिम समापनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

केन्द्रकी उपाध्यक्ष सुनमाया बलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सहभागीको तर्फबाट मरियम तामाङले तालिममा सिकेका सिपका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । तीन महिनासम्म सञ्चालित तालिममा १३ जनाको सहभागिता रहेको थियो ।

केन्द्रकी सचिव हन्ना लामाले सञ्चालन गर्नुभएको तालिम समापन कार्यक्रममलाई बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया