काठमाडौँ । नेपाली सुगम संगीतमा बिगत दुइ दशक भन्दा लामो समय देखि सक्रिय रहेका गायक स्वरूपराज आचार्यले पहिलो पटक लोकदोहोरी गीतमा आवाज दिएका छन् । सेल्फि खिचौला बोलको गितबाट चर्चीत बनेकी गायीका लक्ष्मी मल्लसँग उनले ‘डाँडाघरे साँइली’ गितमा आवाज दिएका हुन् ।

गायक आचार्यकोे यो पहिलो लोकदोहोरी गीत रहेको छ । श्रीकृष्ण बम मल्लले संगीत भरेको सो गीतको रचनाकार भने कृष्ण के सी रहेका छन् । त्यस्तै सो गीतको संगीत संयोजन भने कृष्ण बि. क. भान्जाले गरेका छन् ।

आफ्नो मन अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको सो गितको भिडियोको निर्देशन देबेन्द्र बब्लुले गरेका छन् । भिडियोमा संगीतकार श्रीकृष्ण बम मल्लको पनि फिचरिंग रहेको छ । भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, प्रकाश सपुत, करिश्मा ढकाललाई देख्न सकिन्छ । मौसम हिमालीको कोरियोग्राफि, नबराज उप्रेतीको छायाँकन रहेको सो भिडियोको सम्पादन भने दिनसन शाहले गरेका हुन् ।

तपाईको प्रतिक्रिया