महेश पाण्डे
चितवन । शान्ति ज्योति युवा समाजद्धारा कोरानाबाट मृत्यु भएका रत्ननगर—३ मा बस्ने बावुछोराका परिवारलाई करिब ४ लाख नगद सहयोग गरेको छ ।


शान्ति ज्योति युवा समाज अष्ट्रेलीयाद्धारा ७४ जना अष्ट्रेलीयामा बस्ने नेपालीबाट उठाएको ३ लाख ७२ हजार ५ सय ८५ नगद रकम आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरि शान्ति ज्योति युवा समाज, शान्तिचोकले कोरानाबाट मृत्यु भएका बावु दुर्गा आचार्य र छोरा बिनोद आचार्यको परिवारलाई हस्तान्तरण गरेको हो ।

शान्ति ज्योति युवा समाज अष्ट्रेलीयाको तर्फबाट अष्ट्रेलीयामा रहेका पवन भुषालले सो नगद रकम उठाएर सहयोगका लागि पैसा पठाएका थिए ।

सो रकम हस्तान्तरण कार्यक्रमको क्रममा उपस्थित रहेका रामेश्वर मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष पुरोषत्तम गिरीले नगद रु १० हजार नगद सहयोग गरेका थिए भने अर्का मेलमिलाप कर्ता केदार गिरीले नगद रु ५ हजार सहयोग गरेका थिए । यसरी सो रकम जोड्दा सहयोग रकम ३ लाख ८७ हजार ८५ हुन आउदछ । उक्त सहयोग रकम बुझ्दै गर्दा मृतक परिवार भाव भिह्वल भएको देख्न सकिन्थ्यो ।

सो नगद सहयोग हस्तान्तरण कार्यक्रममा रत्ननगर वडा नं.—३ का वडा अध्यक्ष गोबिन्द भट्टराई, नेपाली कांग्रसका क्षेत्रिय सभापति सुजन थापा, रत्ननगर खानेपानीका संयोजक कृष्ण प्रसाद घिमिरे, अष्ट्रेलियामा रहेकाका अभिभावकद्धय शुवास उप्रेती, टिकाराम भुषाल, शान्तिचोक ज्योति युवा समाज शान्तिचोकका तर्फबाट क्रमशः शिव खनाल, विष्णु अर्याल, उत्तम दुवाडी, शुरेस अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

ज्योति युवा समाज शान्तिचोकका सदस्य अशोक भुषालले सञ्चालन गरेको सो कार्यक्रम शैलेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गत बैशाख २७ गते सोमबार बिहान ३८ वर्षीय छोरा बिनोद आचार्यको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो भने ६८ वर्षीय बुबा दुर्गा आचार्यको भने कोरोना परीक्षणको लागि अस्पताल पुग्दा एम्बुलेन्सबाट ओर्लनेबित्तिकै लडेर बेहोस भएपछि बैशाख २६ गते आइतबार साँझ मृत्यु भएको थियो ।
करिब १० दिन अघि कोरोना संक्रमित भइ घरको आइसोलेसनमा रहेका छोरालाई गाह्रो भएपछि थप उपचारका लागि छोरालाई बैशाख २४ गते शुक्रबार मात्रै चितवन मेडिकल कलेजमा लगिएकोमा बैशाख २७ सोमबार उनको मृत्यु भएको थियो । छोराको कोरोनाकाकै कारण मृत्यु भएपछि र बाबुमा पनि खोकी र पखाला लाग्ने लक्षण देखिएपछि बैशाख २६ गते आइतबार उनलाई स्वाब परीक्षणको लागि अस्पताल लगिएको थियो ।
कालको नियति भनौ या वर्तमान परिस्थिति अस्पताल पुगेर एम्बुलेन्सबाट ओर्लनेबित्तिकै लडेर बेहोस भएका बुबाको पनि बेलुकी ७ बजेनै मृत्यु भएको थियो । बुबाको मृत्यु लडेर भएपछि स्बाब परीक्षण नगरिएकाले मृत्युको कारण कोरोना पनि हो कि होइन भनेर भने खुलेको थिएन ।

तपाईको प्रतिक्रिया