महेश पाण्डे
चितवन । रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिका उमेर समूहलाई भेरोसिल खोप लगाइने भएको छ । नेपाल सरकारले चाइनाबाट ल्याएको भेरोसिल नामक खोप ५५ वर्ष उमेर समूह र त्यो भन्दा माथिका उमेर समूहलाई क्रमशः लाउदै जाने निर्णय गरेसँगै रत्ननगर नगरपालिकाले पनि श्रावण १ देखि ५ गते सम्म खोप लगाउने भएको हो ।

रत्ननगर नगरापलिकाका कार्यकारी अधिकृत शिशिर पौडेलद्धारा जारी सुचनामा नगरपालिका क्षेत्रमा बस्ने बि.सं. २०२३ साल भन्दा अगाडि जन्म भएका अर्थात ५५ वर्ष उमेर समूह र सो भन्दा माथिका उमेर समूहका यस अघि कुनै पनि खोप नलगाएका तथा खोप लगाउन छुट भएका ब्यक्तिहरु, बिश्व बिद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सह—चालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी ब्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु, अक्सिजन उत्पादन गर्ने उद्योग तथा डिपोका कर्मचारीहरु, औषधी उत्पादन गर्ने उद्योगका कर्मचारीहरु र पेट्रोल पम्पमा काम गर्ने कर्मचारीहरु लगाएतलाई भेरोसिल नामक खोपको पहिलो मात्रा लगाउने उल्लेख गरिएको छ ।

सो खोप लगाउनकालागि रत्ननगरमा रहेका ८ वटा स्वास्थ्य केन्द्र मार्फत १६ वटा वडाका लक्षित समूहलाई खोप लगाउने गयारी गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

फाईल तस्विर

उनले खोप लगाउन आउनेहरुले उमेर समूहको हकमा उमेर खुल्ने नागरिता, पासपोर्ट, बिश्व विद्यालय तथा बिद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीको हकमा सम्बन्धित संस्थाको आधिकारीक परिचय पत्र र संस्थाको प्रमाणित नामावली विवरण, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा श्रावण १ देखि ५ गते सम्म खोप लगाइने जानकारी दिए ।

त्यस्तै पौडेलले सवारी चालक प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, सार्वजनिक यातायतका चालक सहचालकको हकमा ब्यवसायी संघबाट सवारी चालकको नाम, लाइसेन्स नं, रुट, ब्लु बुक, जिल्ला प्रशासन कार्यालय वा यातायात कार्यालय वा ट्राफिक कार्यालयले रुजु गरेको विवरण, यस अघि कुनै खोप नलगाएको तथा खोप लगाउन छुटेको भए अत्यावश्यक सेवामा कार्यरत ब्यक्तिहरुलाई परिचय पत्रको आधारमा खोप लगाइने बताए । यो समूहलाई भने श्रावण ५ गते रत्ननगर बकुलहर अस्पतालमा खोप लगाउने दिन तय गरिएको पौडेलको भनाइ रहेको छ ।

रत्ननगर नगरपालिकाले आफ्ना १६ वटै वडाका नागरिकलाई निम्न मिति, स्थान र समयमा खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया