काठमाण्डौं । नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन अझ रोचक बन्दै गएको छ । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको सो कार्यक्रम टप ७ सम्म पुगेको छ । त्यसमा अझ रोचक त दार्जलिङंबाट आएर सो कार्यक्रममा भाग लिएर सबैको मन जितेका विक्कि अग्रवालको प्रस्तुती पनि रहेको छ । अहिले सम्म प्रशारण भएको भागलाई हेर्ने हो भने विक्कि अग्रवाल र भरतमणी पौडेललाई प्रतियोगिताको सबैभन्दा सम्भावित दावेदार प्रतियोगिको रुपमा हेरिएको छ । यद्यपी सो प्रतियोगिताको बाजी जसले पनि मार्न सक्छ ।

सो कार्यक्रमा कति हिट छ भन्ने कुरा अहिले उनलाई जिताउनका लागि सिक्किममा अभियान नै चले पछि सिक्किमका मुख्य मन्त्रीले समेत ५ लाख रकम सहयोग गरेपछि थाहा पाउन सकिन्छ । मुख्य मन्त्री पीएस गोलेले उनलाई प्रतियोगीतामा अगाडि बढाउनका लागि चाहिने भोटको व्यवस्था गर्नका लागि ५ लाख सहयोग गरेका हुन् । सो ‘कमेडी च्याम्पियन’मा प्रतिस्पर्धीहरुलाई अगाडि बढ्नका लागि दर्शकको भोटको आवश्यकता पर्ने भएकाले भोटको कमि हुन नदिन ५ लाख सहयोग गरिएको मुख्य मन्त्री पीएस गोलेको भनाई रहेको छ ।

गोलेले विक्कीको परिवारलाई नगद हस्तान्तरण गरेको सिक्किमको चलचित्र विकास बोर्डकी अध्यक्ष पूजा शर्माले जानकारी दिइन् । सो प्रतियोगितामा अगाडि बढ्नको लागि मुख्यमन्त्रीको समेत सहयोग र हौसला पाएपछि विक्की र उनको परिवार भने अझ उत्साहित देखिएको छ ।

तपाईको प्रतिक्रिया