चितवन । पूर्वी चितवनको खैरहनीमा तेल ट्याङ्करको ठक्करबाट मोटरसाइकलको पछाडी बस्ने एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार साँझ ५ः५५ बजेको समयमा खैरहनी नगरपालिका वडा नं. ८ पर्सा चोकस्थित पुर्व पश्चिम राजमार्गम पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले बिपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल पछाडी सवार खैरहनी नगरपालिका वडा नं. १० बस्ने २३ कि सृजना चौधरीको मृत्यु भएको हो । त्यस्तै मोटरसाइकल चालक रत्ननगर नगरपालिका वडा नं. ३ वस्ने सुबास चौधरी सामान्य घाईते भएको प्रहरीको भनाइ रहेको छ ।

मोटरसाइकल पछाडी सवार सृजनाको दुर्घटनामा परि गम्भीर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उनको बेलुका ०६ः४५ मा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले सवारी साधन र चालक नियन्त्रणमा रहेको र घाइते सुबास चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया