महेश पाण्डे
चितवन । रोटरी क्लब अफ रत्ननगरले श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम (हरिहर मन्दिर) मा पढ्ने विद्यार्थीहरुकोलागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक कार्यमा सक्रिय रहेको पूर्वी चितवनको अग्रिणी संस्था रोटरी क्लब अफ रत्ननगरले शनिवार एक कार्यक्रमको आयोजना गरि श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमलाई करिब रु १ लाख बराबरको सहयोग रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष निराजन खनालले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

संस्थाका सचिव दिपेन्द्र शर्मा चापागाँइले पूर्वी चितवनको रत्ननगर—१ मा रहेको श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलममा अध्ययनरत बिद्यार्थीहरुलाई इलोक्ट्रोनिक्स माध्यमबाट अध्ययन अध्यापन गराउन सहज होस भनेर ४३ इन्चको मोनिटर र त्यसमा लाग्ने शैक्षिक बिषयबस्तु रहेको पेन ड्राइभ र विद्यार्थीहरुलाई खाना खाजामा सहयोग होस भनेर नगद रु १२ हजार पनि सहयोग गरिएको बताए ।

सो कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का जोन ३० का असिष्टेन्ट गर्भनर नारायण प्रधान, हरिहर ब्यवस्थापन समितिका अध्यक्ष नेमराज पौडेल, क्लबका विर्तमान अध्यक्ष शिवराज उप्रेती, पूर्व अध्यक्ष बिपिन पोख्रेल लगाएत क्लबका प्रतिनिधि, रोट्रयाक्ट क्लबका सदस्य, इन्ट्रयाक्ट क्लबका सदस्य, हरिहर मन्दिर ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।



तपाईको प्रतिक्रिया