चितवन । भरतपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टीदा चालकको मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार आज (आइतबार) ०८ :०० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ५ कैलाशनगरमा खेत जोत्ने क्रममा ना ४ त ३१५२ नं .को ट्याक्टर पल्टिँदा साेही स्थानमा बस्ने ट्याक्टर चालक ३४ वर्षिया सन्दीप मगरकाे मृत्यु भएकाे हाे ।

प्रहरीका अनुसार साेही दुर्घटनामा परि साेही स्थान बस्ने चन्द्र सिग्देल घाइते भएकाछन् ।

तपाईको प्रतिक्रिया