महेश पाण्डे
चितवन । बागमती प्रदेशका कृषि, पशुपक्षि तथा सहकारी मन्त्रालयका माननीय कृषि मन्त्री श्री दावा दोर्जे लामाले राप्तिमा रहेको मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको निरिक्षण गरेका छन् ।

शनिवार कृषिमन्त्री लामाले राप्ति—९ मा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको अनुगमन तथा निरिक्षण गरेका हुन् ।

अन्नपूर्ण मत्स्ये ह्याचरीका सञ्चालक तथा रत्ननगर उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष समेत रहेका अनिल कृष्ण श्रेष्ठले मन्त्री लामासँग फर्मको अवलोकन पश्चात आगामी दिनहरुमा माछाको बजारीकरणको बिषयमा छलफल भएको नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

सो अवलोकन कार्यक्रममा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. दयाराम चापागाईं र मत्स्ये प्राबिधिक श्री भिम दत्त भट्ट लगाएतको उपस्थिति रहेको थियो ।

अन्नपूर्ण मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्म २२ बिगाहा क्षेत्रफलमा फैलिएको छ भने बिशेष गरि पंगास माछा पालनलाई संस्थाले जोड दिएको छ ।

तपाईको प्रतिक्रिया