चितवन । माडीमा पछिल्लो समय हुने चोरी शिकारी तथा अन्य बिबिध गतिविधिहरुको निगरानीमा प्रहरी निरन्तर लागिरहेको छ । फलस्वरूप जसको अनुगमन समयमा हुन नसक्दा देखिएका बेथितिहरुको अन्त्यका लागि अनुगमन गरिएको प्रहरीको भनाइ छ । यसैगरी आन्तरिक राजश्व कार्यालय भरतपुर र ईलाका प्रहरी कार्यालय माडीको संयुक्त टोलीले बुधबार माडीका विभिन्न बजारमा खाद्य तथा दैनिक उपभोग्य सामग्रीहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रहरीले ठुलो मात्रामा घरेलु मदिरा नष्ट गरेको हो । प्रहरीका अनुसार, माडीका वडाहरुमा क्रमश १,२,३ र ७ का विभिन्न स्थानमा छड्के चेकजाँच गरेको हो । सो चेकजाँचका क्रममा अवैध रूपमा बिक्रीवितरण भइरहेका र उत्पादन भएका घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ जफत गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । यसैगरी अनुगमनका क्रममा, माडीमा राजश्व छली गरी बिना ईजाजत मदिरा बिक्री वितरण गरेको तथा राजस्व कार्यालय र नगरपालिकामा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएकाले त्यस्ता गतिविधी तत्काल बन्द गर्न सुचित समेत गरिएको माडी प्रहरी प्रमुख झलक शर्मा पौडेलले बताए ।

तपाईको प्रतिक्रिया