चितवन । कहिले काँही सामान्य लाग्ने ठाउँले मृत्यु कुरेर बसेको हुन्छ भन्ने उदाहरण हो यो । यो घटना हो भरतपुर, चितवनको । जसमा चिप्लिएर नहरमा खसेका साथी विवेकलाई बचाउन खोज्दा तर अंकित आफु पनि अस्ताएका छन् ।

बुधवार दिउँसो ३ः५५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.—२ क्षेत्रपुरमा रहेको नहरमा डुबी २ जना वर्ष १६ का अंकित जोशी र वर्ष १४ का विवेक शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही ठाउँमा रहेको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेको र निजलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबी बेपत्ता भएको भएको खबर आएपछि खोजि गर्दा दुबै जनालाई डुबेको स्थान देखि २०० मिटर पर नहरबाट उद्दार गरी उपचारको लागी अस्पताल पठाएको थियो । तर अस्पताल लगिएका दुवै जनालाई अस्पतालले मृतक घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया