चितवन । पूर्वी चितवनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको लागि भनेर प्रेस ज्याकेट हस्तान्तरण गरिएको छ । ग्लोबल गोरखा समाज, सामुदायिक सेवा प्रतिष्ठान नेपाल र महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालले संयुक्त रुपमा पत्रकारहरुका लागी ३७ हजार ५०० रुपैयाँ बराबरको प्रेस ज्याकेट पूर्वी चितवन पत्रका मञ्चलाई हस्तान्तरण गरेको हो ।

प्रेस ज्याकेट हस्तान्तरण कार्यक्रममा बोल्दै महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालकी अध्यक्ष संगिता भट्टराईले पत्रकारहरु जस्तोसुकै परिस्थितिमा पनि रोपोटिङ गर्नु पर्ने भएकाले टाँढाबाटनै यो पत्रकार हो भनि चिन्न प्रेस ज्याकेट उपयोगि हुने भएकाले सहयोग गरिएको बताइन् ।

उनले प्रेस ज्याकेट उपलब्ध गराउन बिषेश भुमिका खेल्ने ग्लोबल गोरखा समाज हङकङका आकास बञ्जरालाई धन्यवाद पनि ब्यक्त गरिन् ।

कार्यक्रमका सभाअध्यक्ष तथा सामुदायिक सेवा प्रतिष्ठान नेपालका अध्यक्ष नसिब कृष्ण बस्नेतले सरकारको चौथो अंगको रुपमा रहेको चौथो अंग पत्रकार जगतले दिने जानकारी र समाचार बिना अन्धकार जस्तै हुने भएकाले सो पेसाको सम्मान गर्दै केहि भएपनि सहज होस भनेर प्रेस ज्याकेट सहयोग गरिएको बताए ।

सामाग्री प्राप्त गरिसकेपछि पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले सहयोगी संस्थालाई धन्यवाद दिदै पछिल्लो समय पत्रकारहरुलाई प्रेस ज्याकेट अत्यावश्यक भएकोले ज्याकेटले रिपोटीङको लागि थप टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

सो कार्यक्रममा सामुदायिक सेवा प्रतिष्ठान नेपालका सचिव प्रेम भट्ट, महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालकि सदस्य तथा देव अस्पताल भरतपुरकी मंजु सिंखडा तथा पूर्वी चितवनमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया