काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जना कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ९८२ र ३ हजार ६१० एन्टिजेन परीक्षणमा ९९५ जना गरी २ हजार ९ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ६ सय ७८ रहेको छ । मन्त्रालयका अनुसार शुक्रबार कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुननेको कुल संख्या ९ हजार ६ सय ७९ पुगेको छ ।

तपाईको प्रतिक्रिया