चितवन । पक्षाघातबाट ग्रसित नेपाली कांग्रेस साबिक क्षेत्र नम्बर २ चितवनकी महाधिवेशन प्रतिनिधि सुबर्ण बि.कलाई कांग्रेसका युवा नेता सापकोटाले आर्थिक सहयोग गरेका छन् । विगत तिन बर्षदेखी पक्षाघातबाट ग्रसीत सुबर्णलाई समाजसेवी एवम् कांग्रेसका युवा नेता प्रह्लाद सापकोटाले नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । यस अघि पनि समस्यामा परेकालाई खाद्यान्न तथा नगद सहयोग गर्दै आएका सापकोटा नेपाली काङ्ग्रेस चितवनका कार्य समिति सदस्य एवम् तरुण बिभाग संयोजक पनि रहेका छन् ।

सफल ब्यवसायिको रुपमा समेत परिचित रहेका सापकोटाले रत्ननगर ९ स्थित बि.कको निवासमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए । सो सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सापकोटाले आर्थिक रूपमा केहि सहज होस् र सान्त्वना मिलोस भनेर बिकलाई सहयोग गरिएको बताए ।

उनले शारीरिक कमजोरी र आर्थिक अभावले झनै पिरोलीएकी बिक लाई गरिएको सहयोगले थोरै भए पनि राहत हुनेमा धारणा ब्यक्त गरे ।

नेपाली काङ्ग्रेस वडा नम्बर ९ का सभापति भुपेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको सो सहयोग हस्तान्तरण कार्यक्रममा पुर्ब क्षेत्रीय सभापति माधब अर्याल ,वडा नम्बर ९ का पुर्ब वडा सभापति मणि खतिवडा ,तरुण दल पुर्ब वडा अध्यक्ष रेसम पुरी ,नेपाली कांग्रेस का युवा नेता अनन्त अधिकारी ,पुष्प पौडेल लगाएत स्थानीयको उपस्थिति रहेको थियो । सो कार्यक्रम कांग्रेस वडा सचीव अमृत मल्लले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया