चितवन । साई स्वर्णिम टोल बिकास संस्थाको अध्यक्षमा शिवकान्त न्यौपाने सर्वसम्मत चयन भएका छन् । रत्ननगर—१० मा रहेको साई स्वर्णिम टोल बिकास संस्थाको शनिवार सम्पन्न अधिवेशनबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

सो अधिवेशनबाट गठित ११ सदस्यिय कार्यसमितिको उपाध्यक्षमा बिष्णु भट्टराई, सचिवमा इन्द्रजित लामा, कोषध्यक्षमा दिपक चापागाँई लगाएतका चयन भएका छन् ।

रत्ननगर नगरपालिका रत्ननगर—१० का वडा सदस्य कमल बहादुर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम संस्थाका अध्यक्ष पर्शुराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया