काठमाडौं । सिरिज ‘दिल चुप छ’ हरेक शनिवार साँझ ७ः३० बजे बि एम एच डि टेलिभिजनमा प्रसारणमा आएको छ । यो सिरिज बुढासुब्बाको अफिसियल युट्युब च्यानलमा शनिबार ७ः३० मा हेर्न सकिन्छ ।

सिरिजमा वैवााहिक जीवनका आरोह अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई नजिकबाट प्रस्तुत गर्न खोजिएको छ । दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्रदेव गुरुङ्गको सम्पादन, एलिस कार्कीको संगीत तथा पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको रंग संयोजन छ ।

नवराज गिरि र सरस्वती गिरिले निaमार्ण गरेको सिरिजमा नवल नेपालको निर्देशन छ । सिरिजमा सरोज खनाल, सुर्यमाला खनाल, यशराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल , प्रकाश श्रेष्ठ, बाल कलाकार प्रीन्सी खड्काको प्रतिक गिरि शिक्षा संग्रोला सक्षम पुरी अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया